१४ बुँदे माग सहित अखिल (समाजवादी) मकवानपुरले बुझायो ध्यानाकर्षण पत्र

मकवानपुर । अखिल (समाजवादी) मकवानपुरले आज सिडियो कार्यलय, हेटौंडा उपमहानगरपालिका र जिल्ला शिक्षा समन्वय कार्यलयमा १४ बुँदे मागपत्र बुझाएको छ । अखिल (समाजवादी) का केन्द्रिय सचिवालय सदस्य तथा उत्पादन विभागका सह इन्चार्ज विवेक सी र केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुबास सीको नेतृत्वमा बुझाइएको मागपत्रमा शैक्षिक क्षेत्रका विविध समस्याहरु र विद्यार्थीहरुका हकहित र अधिकारको प्रावधानका विषयहरु समेटिएका छन् । बढ्दो समस्या समाधानका लागि विशेष पहल लिन संगठनले ध्यानाकर्षण गराएको हो ।

अखिल (समाजवादी) का केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुरका इन्चार्ज सुर्य सी र केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुबास सीको हस्ताक्षरमा भएको ध्यानाकर्षण पत्रमा नेपालको संविधान २०७२ को धारा ३१ मा व्यवस्था गरे अनुसार आधारभूत तह र माध्यमिक तहको निशुल्क र अनिवार्य शिक्षा पूर्ण रुपमा लागू गर्न, गराउन ध्यानाकर्षण गरेको छ । त्यस्तै विभिन्न शिर्षक र बहानामा निजि तथा सामुदायिक विद्यालयले लिइरहेको चर्को शुल्क खारेज गर्न, आवश्यकताको आधारमा भाषा माध्यमको प्रयोग गर्न, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गराउने कार्ययोजना बनाइ लागू गराउन पनि माग गरेको छ । साथै निजि विद्यालयले दिनुपर्ने १० प्रतिशत छात्रवृत्ति धेरै जसो विद्यालयले नदिएको र लक्षित वर्गमा नपुगेको पाइएकाले तत्काल छानबिन गरि त्यस्ता विद्यालयहरुलाई छात्रवृत्ति प्रावधान कार्यन्वयन गर्न लगाउन तथा तोकेको शुल्क भन्दा बढी र अनावश्यक शिर्षकमा शुल्क लिने विद्यालयलाई नियमन गरि कारबाही गर्न समेत माग गरेको छ ।

त्यस्तै विद्यार्थीलाई सार्वजनिक तथा संस्थागत यातायातमा ४५ प्रतिशत भाडाछुटको प्रावधान कडाइपूर्वक लागू गराउन र नगरभित्रका घरकोठाहरुको नियमन गरि विद्यार्थीहरुका लागि सहुलियतपूर्ण तथा समान कोठाभाडा दर कायम गर्न अखिल (समाजवादी) मकवानपुरले हार्दिकताका साथ अपिल गरेको छ । यदि मागपत्रमा उल्लेखित सबै मागहरु समयमै पूरा नहुने र सम्बन्धित शैक्षिक संस्थाहरुले शिक्षा ऐन विपरीत मनोमानी गरेको पाइएमा अखिल (समाजवादी) मकवानपुर संघर्षमा होमिन बाध्य हुने र त्यसको जिम्मेवारी सम्बन्धित निकाय नै हुनुपर्ने कुरा समेत पत्रमा उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्र :

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

१४ बुँदे माग सहित अखिल (समाजवादी) मकवानपुरले बुझायो ध्यानाकर्षण पत्र

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

१४ बुँदे माग सहित अखिल (समाजवादी) मकवानपुरले बुझायो ध्यानाकर्षण पत्र

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

१४ बुँदे माग सहित अखिल (समाजवादी) मकवानपुरले बुझायो ध्यानाकर्षण पत्र

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

१४ बुँदे माग सहित अखिल (समाजवादी) मकवानपुरले बुझायो ध्यानाकर्षण पत्र

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

१४ बुँदे माग सहित अखिल (समाजवादी) मकवानपुरले बुझायो ध्यानाकर्षण पत्र

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

१४ बुँदे माग सहित अखिल (समाजवादी) मकवानपुरले बुझायो ध्यानाकर्षण पत्र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.