ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

कपिलवस्तु। कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा एकै परिवारका दाजु र बहिनीको दुःखद निधन भएको छ।

आइतबार राति खाना पकाउने क्रममा ग्यास सिलिन्डरको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनम यादव गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा दुवैजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानका क्रममा रेगुलेटर खोल्ने बित्तिकै ग्यास लिक भई एक्कासि आगो लागेको खुलेको छ। प्रहरीले घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ। मृतक सोनम राष्ट्रिय मावि मुरफुटवामा कक्षा १० मा अध्ययनरत थिइन्। उनको निधनमा विद्यालयले सोमबार शोक बिदा दिएको प्रअ लालचन्द पाण्डेयले बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.