पेट्रोलियम पदार्थको मूल्य बढ्दा,सस्तियो हवाई इन्धन

काठमाडौँ। नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको छ।

निगमले भारतबाट आयात हुने मूल्यमा वृद्धि भएकाले पेट्रोलियमको मूल्य बढाउनु परेको जनाएको छ। यद्यपि, निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंबाट खरिद हुने इन्धनको मूल्य प्रतिकिलोलिटर २२ अमेरिकी डलरले घटाइएको निगमले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.