दरबार हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन, निष्पक्ष छानबिनको माग

हेटौंडा। २०५८ सालको जेठ १९ गते राति दरबारभित्र घटेको भीषण हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन गरिएको छ। उक्त दिन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, राजकुमार दीपेन्द्रसहित राजपरिवारका नौ सदस्यको निर्मम हत्या भएको थियो।

यस ऐतिहासिक घटनाको २४औं वार्षिक स्मृतिमा हेटौंडा उपमहानगरपालिका–१० स्थित बुद्ध चोकमा स्थानीय राजावादीको पहलमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो।

सयौं दीपले उज्यालो पारियो चोक

कार्यक्रममा सहभागीहरूले सयौं थान घिउबत्ती बालेर दिवंगत राजपरिवारप्रति श्रद्धा प्रकट गरेका थिए। केही सहभागीले हातमा दीप बोकेर मौन प्रार्थना पनि गरेका थिए।

कार्यक्रम संयोजक विवेक विक्रम शाहीले भने,“राजा वीरेन्द्र राष्ट्रप्रेमी राजा हुनुहुन्थ्यो। उहाँसँगै मारिएका राजपरिवारको सम्झना हामीले बिर्सनु हुँदैन। आज दीप बालेर हाम्रो श्रद्धाञ्जली प्रकट गरेका हौं।”

निष्पक्ष छानबिनको माग

उक्त कार्यक्रममा उपस्थित राजावादीहरू,स्थानीय बासिन्दा र युवाहरूले दरबार हत्याकाण्ड अझै रहस्यमय रहेको भन्दै घटनाको पुनः निष्पक्ष छानबिनको माग समेत गरेका छन्।

बागमती प्रदेश संसदीय दलका नेता माननीय उद्धव थापाले भने ,“सरकारी प्रतिवेदनले जनताको जिज्ञासा मेटाएको छैन। सत्य बाहिर आउनु जरुरी छ।” कार्यक्रममा राप्रपा बागमती प्रदेश सभाका माननीय उद्धव थापा,कुमारी स्याङतान,नुरल बज्राचार्य,गिरिबहादुर तामाङ र डम्बर तामाङको उपस्थिति रहेको थियो।

त्यसैगरी राप्रपा केन्द्रीय सदस्य राम थोक्कर, रामहरी न्यौपाने, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मकवानपुर जिल्ला अध्यक्ष किशोर केसी र राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाका अध्यक्ष विवेक विक्रम शाहीको पनि उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

दरबार हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन, निष्पक्ष छानबिनको माग

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

दरबार हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन, निष्पक्ष छानबिनको माग

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

दरबार हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन, निष्पक्ष छानबिनको माग

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

दरबार हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन, निष्पक्ष छानबिनको माग

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

दरबार हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन, निष्पक्ष छानबिनको माग

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

दरबार हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन, निष्पक्ष छानबिनको माग

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.