सामाजिक अभियान्ता महतलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

हेटौंडा। सामाजिक अभियान्ताको रूपमा चिनिने हेटौडाका विशालराज महतलाई पक्राउ नगर्न उच्च अदालत हेटौडा इजलासले अन्तरिम आदेश जारी गरेको छ। उच्च अदालत हेटौडाका न्यायाधीश शकुन्तला घिमिरेको इजलासले महतलाई पक्राउ नगर्न विशेष विपक्षीहरुको नाममा आदेश जारी गर्दै यस्तो निर्णय गरेको हो।

घटना केही समय अगाडिको हो। जुन समयमा हेटौडा १ का वडाध्यक्ष सबिन न्यौपाटीमाथि एक्कासी कार्यकक्षमै रहिरहेको बखतमा अज्ञात व्यक्तिहरूबाट कुटपिट गर्दै कालमोसो दली उनको साथमा रहेको दुईवटा मोबाइल पनि लगिएको खबर बाहिरिएको थियो। त्यसपछि उक्त घटनासँग जोडिएको आशंका वा शङ्काको भरमा जिल्ला प्रहरी कार्यालयबाट पटकपटक उनको मोबाइलमा कल आइरहेको र कल उठाउँदा तपाईंसँग केही जानकारी लिनु छ भेटाउन भन्ने जस्ता विषयहरु उठाएर भेट्न चाहिरहेको कुरा महतले फोन संवादमा रेडियो भरोसासँग जानकारी गराएका थिए।

सोही घटनामा जोडी महतलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको जानकारी आएपछि महतले निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत आफ्नो कुरा राख्न पुगेका थिए।

महतले आफ्नो निवेदनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरीक्षक विश्वराज खड्का तथा वडा प्रहरी कार्यालयलाई पूर्ण विपक्षी बनाएको थियो। घटनाबारे निवेदन परेपछि उक्त निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत हेटौडाले विपक्षीहरूलाई सो कार्य नगर्न भन्दै अन्तरिम आदेश जारी हुनुपर्ने कारण भए १५ दिनभित्र लिखित घटनासँग जोडिएको जवाफ पेश गर्न भनेको छ।

सामाजिक अभियान्ता महतको तर्फबाट वकालत गर्ने अधिवक्ताहरूमा मनप्रसाद भट्टराई एक नारायण शर्मा,शिवप्रसाद बन्जारा,केशव प्रसाद गौतम,पुष्क बहादुर थापा क्षेत्री,अरुण खतिवडा,राधाकृष्ण मैनाली,शान्तिमाया मोक्तान र सुभाष अधिकारी लगायतले बहसमा भाग लिएका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सामाजिक अभियान्ता महतलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

सामाजिक अभियान्ता महतलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

सामाजिक अभियान्ता महतलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

सामाजिक अभियान्ता महतलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

सामाजिक अभियान्ता महतलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

सामाजिक अभियान्ता महतलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.