अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेत्रहीन युवा संघले गर्‍यो वक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौं। नेत्रहीन युवा संघ नेपाल, काठमाडौं उपत्यका शाखाले २६ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। ‘आधुनिक नेपाली समाजमा बहुविवाहको परिणाम’ शीर्षकमा आयोजित प्रतियोगितामा १४ जना प्रतियोगीहरूको सहभागीता रहेको थियो।

प्रतियोगितामा शिशिर चापागाईं प्रथम, जगत कुँवर मगर द्वितीय र विनीता सतार तृतीय भएका छन्। विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सीता मिजारले पुरस्कार प्रदान गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मिजारले नेत्रहीन युवा संघसँग सधैं निकट रहेर अपाङ्गता भएका व्यक्तिहरूको मुद्दालाई प्राथमिकताका साथ पहल र सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

प्रतियोगितामा कलाधर भण्डारी, हिमालय शर्मा र सरिता लामिछानेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव मदन रोकायाले गर्नुभएको थियो भने संस्थाकी कार्यसमिति सदस्य सरस्वती कठायतले मन्तव्य राख्नुभएको थियो।

संस्थाका सचिव रोकायाले नेत्रहीन युवा संघले अन्य अपाङ्गता भएका युवाहरूलाई जोड्दै विभिन्न दिवस तथा विशेष दिनहरूमा यस्ता रचनात्मक कार्यक्रमहरू गर्दै जाने जानकारी दिनुभएको छ। आयोजित कार्यक्रममा ३५ जनाको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेत्रहीन युवा संघले गर्‍यो वक्तृत्वकला प्रतियोगिता सम्पन्न

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेत्रहीन युवा संघले गर्‍यो वक्तृत्वकला प्रतियोगिता सम्पन्न

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेत्रहीन युवा संघले गर्‍यो वक्तृत्वकला प्रतियोगिता सम्पन्न

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेत्रहीन युवा संघले गर्‍यो वक्तृत्वकला प्रतियोगिता सम्पन्न

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेत्रहीन युवा संघले गर्‍यो वक्तृत्वकला प्रतियोगिता सम्पन्न

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेत्रहीन युवा संघले गर्‍यो वक्तृत्वकला प्रतियोगिता सम्पन्न

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.