हेटौडा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा तामाङ पत्रकार संघका प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङलाई सम्मान गरेको छ।
आदिवासी जनजाति समुदायको हक–अधिकार, भाषा, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै आएका तामाङको योगदानको उच्च मूल्याङ्कन गर्दै महासंघले अध्यक्ष तामाङलाई सम्मानित गरेको हो।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमले आदिवासी जनजाति समुदायका पत्रकारहरूलाई संगठित गर्दै आफ्नो सांस्कृतिक पहिचान जगेर्ना गर्ने अभियानमा पत्रकारिताको भूमिका अझ मजबुत बनाउनुपर्नेमा जोड दिएको थियो।
प्रतिकृया दिनुहोस्
Post Views: 253














