एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई मेयर बालेनद्वारा दुई लाख नगदसहित सम्मान

काठमाडौँ। भारतीय फाइटरलाई पराजित गर्दै अन्तर्राष्ट्रिय उपाधि जितेर नेपाल फर्किएका नेपाली एमएफएन फाइटर रविन्द्र ढाँटलाई काठमाडौँ महानगरपालिकाले नगद दुई लाख रुपैयाँसहित सम्मान गरेको छ।

मंगलबार काठमाडौँ महानगरपालिकामा आयोजित एक कार्यक्रममार्फत मेयर बालेन शाहको उपस्थितिमा ढाँटलाई सम्मान गरिएको हो। महानगरको सामाजिक विकास समितिको सिफारिसमा गरिएको उक्त सम्मान कार्यक्रम उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता तथा सामाजिक विकास समितिका प्रमुखको उपस्थिति रहेको थियो।

बझाङका ढाँटले भारतको नोएडामा आयोजित Matrix Fight Night 17 मा भाग लिँदै च्याम्पियनको उपाधि जितेका हुन्। उनले तेस्रो राउन्डमा भारतका चौरेन कोरियनलाई बेहोस हुनेगरी पराजित गरेका थिए। यस उपाधिसँगै उनी अन्तर्राष्ट्रिय एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.