एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई मेयर बालेनद्वारा दुई लाख नगदसहित सम्मान

काठमाडौँ। भारतीय फाइटरलाई पराजित गर्दै अन्तर्राष्ट्रिय उपाधि जितेर नेपाल फर्किएका नेपाली एमएफएन फाइटर रविन्द्र ढाँटलाई काठमाडौँ महानगरपालिकाले नगद दुई लाख रुपैयाँसहित सम्मान गरेको छ।

मंगलबार काठमाडौँ महानगरपालिकामा आयोजित एक कार्यक्रममार्फत मेयर बालेन शाहको उपस्थितिमा ढाँटलाई सम्मान गरिएको हो। महानगरको सामाजिक विकास समितिको सिफारिसमा गरिएको उक्त सम्मान कार्यक्रम उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता तथा सामाजिक विकास समितिका प्रमुखको उपस्थिति रहेको थियो।

बझाङका ढाँटले भारतको नोएडामा आयोजित Matrix Fight Night 17 मा भाग लिँदै च्याम्पियनको उपाधि जितेका हुन्। उनले तेस्रो राउन्डमा भारतका चौरेन कोरियनलाई बेहोस हुनेगरी पराजित गरेका थिए। यस उपाधिसँगै उनी अन्तर्राष्ट्रिय एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई मेयर बालेनद्वारा दुई लाख नगदसहित सम्मान

समग्र ज्ञानको पाँच दशक : शारदा माध्यमिक विद्यालयको ५० औँ स्वर्ण महोत्सव उद्घाटन, मुख्यमन्त्री बानियाले भने– ‘अब ठगी खाने होइन, गरी खाने शिक्षा चाहिन्छ

एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई मेयर बालेनद्वारा दुई लाख नगदसहित सम्मान

पच्चिस लाख बराबरको बिलबिजक नभएको सामान सहित ट्रक भैसेमा नियन्त्रण

एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई मेयर बालेनद्वारा दुई लाख नगदसहित सम्मान

भिमफेदी–बुङदल सडकमा दुःखद दुर्घटना: पुलबाट ५० फिट तल खसेर दुई जना गुरुङको मृत्यु

एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई मेयर बालेनद्वारा दुई लाख नगदसहित सम्मान

लालझाडी–चौकीटोल जोड्ने पुल निर्माण ढिलाइ: जोखिमयुक्त आवतजावतबाट स्थानीय त्रासित, ८ करोड ४७ लाखको परियोजना पुनः म्याद थपिएर निर्माण जारी

एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई मेयर बालेनद्वारा दुई लाख नगदसहित सम्मान

बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई मेयर बालेनद्वारा दुई लाख नगदसहित सम्मान

हेटौंडामा फोहोर व्यवस्थापनको नाममा राजस्व चुहावट: निजी नाफा बढाउँदै नगरको आम्दानी घटेको आरोप

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.