नापी कार्यालयका प्रमुखलाई कालोमोसो सहित कारबाही : घुस र माफियासँगको साँठगाँठको आरोप

चितवन,खैरहनी। खैरहनी नगरपालिकामा रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्सालमाथि नेकपा (बहुमत) खैरहनीका कार्यकर्ताले कार्यालयमै कालोमोसो दल्दै कारबाही गरेका छन्।

पार्टीका कार्यकर्ताहरुले लम्सालमाथि सेवाग्राहीबाट घुस असुली गर्ने, भूमाफियाहरुलाई सहयोग पुर्‍याउने र नापी प्रक्रिया अवैध रुपमा प्रभावित पार्ने गरेको गम्भीर आरोप लगाएका छन्। यही कारण देखाउँदै उनीमाथि सार्वजनिक रुपमा कालोमोसो दलिएको जनाइएको छ।

पार्टीका स्थानीय नेताहरूले यो कदमलाई भ्रष्टाचारविरुद्धको सन्देशस्वरूप व्याख्या गरेका छन्। उनीहरूले सम्बन्धित निकायलाई लम्सालको कार्यशैलीबारे छानबिन गर्न र आवश्यक कारबाही गर्न मागसमेत गरेका छन्।

यसबीच, कार्यालय प्रमुख लम्सालको तर्फबाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

समाचार स्रोत : सामाजिक संजाल

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.