“गरिबमुखी सरकार बनाउने प्रतिबद्धता, मुख्यमन्त्री बानियाद्वारा ५०% खर्च कटौतीको घोषणा”

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले प्रदेश सरकारले गरिब जनताप्रति उत्तरदायी भएर कार्य गर्ने स्पष्ट प्रतिवद्धता जनाएका छन्। प्रदेशसभाको बैठकमा बोल्दै उनले आफ्नो नेतृत्वको सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा आधारित हुने बताउँदै जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह गरिने उल्लेख गरे।

मुख्यमन्त्री बानियाले विगतमा भएका सकारात्मक कार्यहरूलाई निरन्तरता दिने र हालैका बाढी तथा पहिरोबाट प्रभावित जनताको पुनर्निर्माणमा तत्काल कार्ययोजना बनाएर अघि बढ्ने बताए। क्षति भएका क्षेत्रमा संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर पुनर्निर्माण कार्य तीव्र पारिने उनले स्पष्ट पारे।

“हामी गरिब जनताको सरकार हौँ,” मुख्यमन्त्री बानियाले भने, “हाम्रो सरकार गरिबप्रति उत्तरदायी भएर काम गर्नेछ।”

उनले सुशासनलाई प्राथमिकतामा राख्दै सरकारको खर्चमा कटौती गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। अघिल्ला पाँच मुख्यमन्त्रीहरूको कार्यकालमा कार्यालय र क्वाटरमा भएको खर्चको तुलनामा आफू ५० प्रतिशत खर्च कटौती गर्ने घोषणा गर्दै उनले जनताको करको पैसाको दुरुपयोग नहुने बताए।

“मुख्यमन्त्रीको कार्यालय र निवासमा भएको खर्च आधाले घटाउनेछु,” उनले भने, “म सेवा भावले राजनीतिमा आएको हुँ। न्यायको पक्षमा उभिएर काम गर्छु।”

प्रदेशसभामा उनले महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पनि पढेर प्रस्तुत गरेका थिए।

मुख्यमन्त्री बानियाले नियमित तथ्यांकका आधारमा हरेक दिन, हप्ता र महिनामा जनताले अनुभूति गर्ने कार्यसम्पादन हुने उल्लेख गर्दै आफू अनुशासित र मर्यादित रूपमा सरकार सञ्चालनमा लाग्ने विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

“गरिबमुखी सरकार बनाउने प्रतिबद्धता, मुख्यमन्त्री बानियाद्वारा ५०% खर्च कटौतीको घोषणा”

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

“गरिबमुखी सरकार बनाउने प्रतिबद्धता, मुख्यमन्त्री बानियाद्वारा ५०% खर्च कटौतीको घोषणा”

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

“गरिबमुखी सरकार बनाउने प्रतिबद्धता, मुख्यमन्त्री बानियाद्वारा ५०% खर्च कटौतीको घोषणा”

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

“गरिबमुखी सरकार बनाउने प्रतिबद्धता, मुख्यमन्त्री बानियाद्वारा ५०% खर्च कटौतीको घोषणा”

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

“गरिबमुखी सरकार बनाउने प्रतिबद्धता, मुख्यमन्त्री बानियाद्वारा ५०% खर्च कटौतीको घोषणा”

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

“गरिबमुखी सरकार बनाउने प्रतिबद्धता, मुख्यमन्त्री बानियाद्वारा ५०% खर्च कटौतीको घोषणा”

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.