२०८२ श्रावण २८, बुधबार २२:०१
२०८२ श्रावण २८, बुधबार २२:०१
ललितपुर। विश्वदृष्टिकोण र आपसी सहिष्णुता बढाउने उद्देश्यका साथ ललितपुरको पुलचोकस्थित सांग्रिला ब्लु होटलमा आयोजना गरिएको 'सबल विश्व दृष्टिकोण' तालिम सफलतापूर्वक सम्पन्न भएको छ। साउन २५ गतेदेखि सुरु भएको चार दिने प्रशिक्षण कार्यक्रम साउन २८ गते सम्पन्न भएको हो। निरन नेपाल, असल छिमेकी नेपाल, र वर्ल्ड भिजनको सहकार्यमा तालिम सञ्चालन गरिएको थियो। 'प्रशिक्षक प्रशिक्षण' मूल नाराका साथ सञ्चालित यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा व्याप्त विकृति र कुरीति हटाउँदै विभिन्न धर्म समुदायका मानिसहरूबीच सद्भाव र सहिष्णुता कायम गर्नु रहेको छ। हाल यो कार्यक्रम बालाजु र कीर्तिपुर नगरपालिकामा केन्द्रित भएर सञ्चालन गरिएको छ। तालिममा विभिन्न अपाङ्गता भएका व्यक्ति, धर्मगुरु तथा विभिन्न धर्मका अनुयायीहरूको…