“भूमिहीन सुकुम्बासीको पाँचौं दिनको अभियान : ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ भन्दै जनसमर्थन संकलन जारी”

हेटौंडा,साउन ३१। भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समितिले “मध्यवर्ती क्षेत्र खारेज गरौं” भन्ने मूल नाराका साथ चलाएको अभियान आज पाँचौं दिन पनि निरन्तर जारी रहेको छ। उपभोक्ता सहभागिता बढाउने उद्देश्यसहित संघर्ष समितिले स्थानीयस्तरमा व्यापक जनसमर्थन बटुल्न थालेको छ।

आजको अभियान अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं. १३ मा रहेका आधामार, मन्थली, र तिनकुने टोल विकास संस्थाहरूमा पुगेर समितिले करिब ३१० स्थानीय उपभोक्ताबाट हस्ताक्षर संकल्प संकलन गरेको छ। स्थानीय स्तरमा यस अभियानले उल्लेखनीय जनचासो र साथ पाउन थालेको देखिन्छ।

संघर्ष समितिका संयोजक सूर्य थोकरले भने, “उपभोक्ताको आवाज दबाउने खालको मध्यवर्ती क्षेत्र घोषणा हाम्रो मुख्य बाधक बनेको छ। यसले गर्दा भूमिहीन सुकुम्बासीहरू झन् ठूलो अप्ठ्यारोमा परिरहेका छन्।” उनका अनुसार अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका व्यक्तिहरूको जमिन नाप जाँच प्रक्रियामा समेत सुकुम्बासीलाई बेवास्ता गरिँदै आएको छ।

संघर्ष समितिले यस विषयमा तीनै तहका सरकारहरू निष्क्रिय रहेको आरोप लगाउँदै सम्पूर्ण स्थानीय तहका जनतालाई एक भएर निर्णायक संघर्ष गर्न आह्वान समेत गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

“भूमिहीन सुकुम्बासीको पाँचौं दिनको अभियान : ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ भन्दै जनसमर्थन संकलन जारी”

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

“भूमिहीन सुकुम्बासीको पाँचौं दिनको अभियान : ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ भन्दै जनसमर्थन संकलन जारी”

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

“भूमिहीन सुकुम्बासीको पाँचौं दिनको अभियान : ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ भन्दै जनसमर्थन संकलन जारी”

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

“भूमिहीन सुकुम्बासीको पाँचौं दिनको अभियान : ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ भन्दै जनसमर्थन संकलन जारी”

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

“भूमिहीन सुकुम्बासीको पाँचौं दिनको अभियान : ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ भन्दै जनसमर्थन संकलन जारी”

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

“भूमिहीन सुकुम्बासीको पाँचौं दिनको अभियान : ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ भन्दै जनसमर्थन संकलन जारी”

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.