२०८२ श्रावण ३१, शनिबार २३:३७
२०८२ श्रावण ३१, शनिबार २३:३७
हेटौंडा,साउन ३१। भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समितिले "मध्यवर्ती क्षेत्र खारेज गरौं" भन्ने मूल नाराका साथ चलाएको अभियान आज पाँचौं दिन पनि निरन्तर जारी रहेको छ। उपभोक्ता सहभागिता बढाउने उद्देश्यसहित संघर्ष समितिले स्थानीयस्तरमा व्यापक जनसमर्थन बटुल्न थालेको छ। आजको अभियान अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं. १३ मा रहेका आधामार, मन्थली, र तिनकुने टोल विकास संस्थाहरूमा पुगेर समितिले करिब ३१० स्थानीय उपभोक्ताबाट हस्ताक्षर संकल्प संकलन गरेको छ। स्थानीय स्तरमा यस अभियानले उल्लेखनीय जनचासो र साथ पाउन थालेको देखिन्छ। संघर्ष समितिका संयोजक सूर्य थोकरले भने, "उपभोक्ताको आवाज दबाउने खालको मध्यवर्ती क्षेत्र घोषणा हाम्रो मुख्य बाधक बनेको छ। यसले गर्दा भूमिहीन सुकुम्बासीहरू झन्…