प्रेस युनियन विशेष अभियान सुरु: महासंघलाई फ्यान, सञ्चारिकालाई कुर्सी हस्तान्तरण

हेटौंडा,भदौ ३। नेपाल प्रेस युनियन जिल्ला शाखा मकवानपुरले सदस्यता विशेष अभियान सुरु गरेको छ । सोमाबर हेटौंडामा एकसय दिने सदस्यता विशेष अभियान सुरु गर्दै युनियन मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई ४ थान पंखा (फ्यान) र सञ्चारिका समूह नेपाल मकवानपुरलाई १० थान कुर्सी हस्तान्तरण गरेको छ ।

युनियनले एक सय दिने सदस्य विशेष अभियानको शुभारम्भसँगै सोमबार हेटौंडामा आयोजित कार्यक्रममा सामाग्री हस्तान्तरण गरेको हो ।

नेपाल प्रेस युनियन मकवानपुरका उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा भएको हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेका थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीले पत्रकारिता क्षेत्रका संघ–संस्था र संगठनलाई सहयोग तथा प्रोत्साहन दिने कार्यलाई युनियनले सधैं प्राथमिकतामा राख्दै आएको बताए । ‘यसले सञ्चारकर्मीबीच आपसी सद्भाव र सहकार्य अझ मजबुत हुने विश्वास हामीले गरेका छौं,’ उनले भने ।

कार्यक्रममा नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहाल, पूर्व केन्द्रीय सदस्य गिरिजा अधिकारी, प्रदेश सदस्य गंगाप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, संस्थापक प्रदेश अध्यक्ष तथा वरिष्ठ पत्रकार प्रताप विष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाईं, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारी, अग्रज पत्रकार रामकुमार एलन, सञ्चारिक समूह नेपाल बागमती प्रदेश महासचिव नानीमैया सापकोटा र मकवानपुर अध्यक्ष निशा गुरुङ लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

मकवानपुरमा प्रेस युनियन श्रमजीवी पत्रकारहरुको हकहितको लागि आवाज उठाउने प्रमुख संस्थाहरु मध्ये एक हो । विभिन्न समयमा प्रेस युनियनको अन्य शाखाहरु मध्ये मकवानपुर शाखा चलायमान रहेको भन्दै बैठक तथा कार्यक्रमहरुमा केन्द्रीय समितिद्वारा प्रशंसित समेत भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रेस युनियन विशेष अभियान सुरु: महासंघलाई फ्यान, सञ्चारिकालाई कुर्सी हस्तान्तरण

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

प्रेस युनियन विशेष अभियान सुरु: महासंघलाई फ्यान, सञ्चारिकालाई कुर्सी हस्तान्तरण

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

प्रेस युनियन विशेष अभियान सुरु: महासंघलाई फ्यान, सञ्चारिकालाई कुर्सी हस्तान्तरण

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

प्रेस युनियन विशेष अभियान सुरु: महासंघलाई फ्यान, सञ्चारिकालाई कुर्सी हस्तान्तरण

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

प्रेस युनियन विशेष अभियान सुरु: महासंघलाई फ्यान, सञ्चारिकालाई कुर्सी हस्तान्तरण

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

प्रेस युनियन विशेष अभियान सुरु: महासंघलाई फ्यान, सञ्चारिकालाई कुर्सी हस्तान्तरण

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.