उपसभामुख हटाउने कदम निरंकुशता र दुराशयको प्रमाण : प्रतिपक्षी दलहरूको घोर भर्त्सना

काठमाडौं, भदौ ३ । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने उद्देश्यले सत्तारूढ दलहरु नेकपा (एमाले) र नेपाली कांग्रेसले ‘खाली कागजमा हस्ताक्षर’ अभियान सञ्चालन गरेको प्रकरणलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित संसदमा क्रियाशील प्रतिपक्षी दलहरुले लोकतन्त्रमाथिको गम्भीर प्रहारको रूपमा लिएका छन्।

आज माओवादी केन्द्रको आयोजनामा बसेको प्रतिपक्षी दलहरूको बैठकले उक्त कदमको कडा भर्त्सना गर्दै यसलाई असफल पार्न सबै लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ।

बैठकमा सहभागी नेताहरूका अनुसार उपसभामुख इन्दिरा रानामाथिको कदम व्यक्तिगत आचरणसँग नभइ संवैधानिक परिषद्मा बहुमत जुटाएर मनोमानी ढंगले पदाधिकारी नियुक्त गर्ने सत्तारूढ दलहरूको योजना अन्तर्गत गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै भनेका छन्, “यो घटनाले सत्ताधारी दलहरूको निरंकुशता र दुराशयलाई नाङ्गो पारेको छ। दशकौं लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरू संकटमा छन्। सबैले यो नांगो हस्तक्षेपको विरोध गर्नुपर्छ।”

प्रतिपक्षी दलहरूले लोकतान्त्रिक मूल्य र अभ्यासको रक्षाका लागि तत्काल सत्तारूढ दलहरू गलत बाटोबाट फिर्ता हुनुपर्ने चेतावनी दिएका छन्। साथै, यस्तो कदमले देशलाई गम्भीर नकारात्मक दिशातर्फ धकेल्ने चेतावनी पनि दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

उपसभामुख हटाउने कदम निरंकुशता र दुराशयको प्रमाण : प्रतिपक्षी दलहरूको घोर भर्त्सना

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

उपसभामुख हटाउने कदम निरंकुशता र दुराशयको प्रमाण : प्रतिपक्षी दलहरूको घोर भर्त्सना

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

उपसभामुख हटाउने कदम निरंकुशता र दुराशयको प्रमाण : प्रतिपक्षी दलहरूको घोर भर्त्सना

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

उपसभामुख हटाउने कदम निरंकुशता र दुराशयको प्रमाण : प्रतिपक्षी दलहरूको घोर भर्त्सना

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

उपसभामुख हटाउने कदम निरंकुशता र दुराशयको प्रमाण : प्रतिपक्षी दलहरूको घोर भर्त्सना

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

उपसभामुख हटाउने कदम निरंकुशता र दुराशयको प्रमाण : प्रतिपक्षी दलहरूको घोर भर्त्सना

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.