रौतहटमा ‘प्रेस’ लेखिएका सवारी साधनमा प्रतिबन्ध

रौतहट, भदौ १६ । गते नेपाल पत्रकार महासंघ रौतहट शाखाले सोमबार जारी गरेको सूचनामा जिल्लाभर ‘प्रेस’ लेखिएका सवारी साधनलाई तत्काल हटाउन निर्देशन दिएको छ।

सूचनामा भनिएको छ, “संचारमाध्यमको हकमा सवारी साधन कुनै मिडिया हाउसको नाममा खरिद भएको भएमा सम्बन्धित सोही मिडिया हाउसको नाम उल्लेख गर्न सकिने छ। आपतकालीन समय, कर्फ्यू वा अन्य सवारी आवागमनमा प्रतिबन्ध भएको अवस्थामा बाहेक अन्य अवस्थामा ‘प्रेस’ लेखी सवारी साधन प्रयोग नगर्न सबैलाई अनुरोध गर्दछौं।”

महासंघले ‘प्रेस’ लेखिएका सवारी साधनको दुरुपयोग बढेको भन्दै सो शब्द मेट्न जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्ने निर्णय समेत भएको जानकारी दिएको छ। साथै ‘प्रेस’ लेखिएका सवारी साधनको गहन छानबिन तथा चेकजाँच गर्न सम्बन्धित प्रशासनलाई आग्रह गरिएको सूचनामा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

रौतहटमा ‘प्रेस’ लेखिएका सवारी साधनमा प्रतिबन्ध

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

रौतहटमा ‘प्रेस’ लेखिएका सवारी साधनमा प्रतिबन्ध

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

रौतहटमा ‘प्रेस’ लेखिएका सवारी साधनमा प्रतिबन्ध

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

रौतहटमा ‘प्रेस’ लेखिएका सवारी साधनमा प्रतिबन्ध

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

रौतहटमा ‘प्रेस’ लेखिएका सवारी साधनमा प्रतिबन्ध

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

रौतहटमा ‘प्रेस’ लेखिएका सवारी साधनमा प्रतिबन्ध

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.