मकवानपुरमा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ हस्ताक्षर अभियान तीव्र

मकवानपुर, २०८२ भदौ १८ । ‘सम्पूर्ण उपभोक्ताहरू सहभागी हौं, मध्यवर्ती क्षेत्र खारेज गरौं’ भन्ने मूल नाराका साथ मकवानपुर जिल्लामा भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती सङ्घर्ष समितिद्वारा हस्ताक्षर अभियान तीव्र रुपमा सञ्चालन भइरहेको छ।

समितिका अध्यक्ष क्षेत्रबहादुर मोक्तानका अनुसार हेटौडा उपमहानगरपालिका तथा मकवानपुरका विभिन्न गाउँपालिकाका साविक वडाहरूमा पुगेर स्थानीयवासीहरूको हस्ताक्षर सङ्कलन जारी छ। हालसम्म मनहरी गाउँपालिकाका साविक वडा नं १, ४, ५, ६ र ७ मा अभियान सम्पन्न भइसकेको छ भने बाँकी वडामा पनि शीघ्रै अभियान सम्पन्न गर्ने तयारी गरिएको छ।

यस क्रममा समितिले प्रत्येक वडास्थित बासिन्दालाई अभियानमा सहभागी गराउँदै मनोबल उच्च बनाइरहेको बताइएको छ। समितिले यही भदौ २३ गतेसम्म सम्पूर्ण साविक वडाहरूको गणना सक्ने लक्ष्य राखेको छ।

समितिको उद्देश्य करिब १५ देखि २० हजार स्थानीयको हस्ताक्षर सङ्कलन गर्ने रहेको छ। सङ्कलित हस्ताक्षरलाई प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमा पुर्‍याई औपचारिक रूपमा बुझाउने तयारी समितिले गरेको छ। तर, हस्ताक्षर बुझाउने मिति भने अझै निश्चित गरिएको छैन।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ हस्ताक्षर अभियान तीव्र

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

मकवानपुरमा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ हस्ताक्षर अभियान तीव्र

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

मकवानपुरमा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ हस्ताक्षर अभियान तीव्र

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

मकवानपुरमा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ हस्ताक्षर अभियान तीव्र

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

मकवानपुरमा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ हस्ताक्षर अभियान तीव्र

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

मकवानपुरमा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ हस्ताक्षर अभियान तीव्र

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.