जेनरेशन जेड आन्दोलनप्रति अखिल (समाजवादी) विद्यार्थी युनियनको ऐक्यवद्धता

काठमाडौं, भदौ २४ गते । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) ले देशभर सुरू भएको जेनरेशन जेड (Gen Z) आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ। जारी गरेको प्रेस विज्ञप्तिमा संगठनले देशमा दलाल पुँजीवादी संसदीय व्यवस्था र अयोग्य शासनसञ्चालकहरूले जनतामाथि अन्याय बढाएको भन्दै युवाहरूले देशको भविष्य अन्धकारमुक्त बनाउन सुरु गरेको आन्दोलन ऐतिहासिक रहेको उल्लेख गरेको छ।

सप्टेम्बर ५ गतेदेखि देशव्यापी रूपमा सुरू भएको Gen Z आन्दोलनलाई राज्यले दमन गर्न खोजेको र युवाविद्यार्थीहरूको हत्या तथा घाइते बनाएकोप्रति विज्ञप्तिले गहिरो दुःख व्यक्त गरेको छ। संगठनले आन्दोलनमा बलिदान दिनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्रेस विज्ञप्तिमा अन्य सबै देशभक्त नेपालीहरूलाई पनि यो आन्दोलनमा सहकार्य र सहभागिताका लागि आह्वान गरिएको छ। साथै संगठनका देशव्यापी कमिटी, नेता–कार्यकर्ता र विद्यार्थीहरूलाई पनि पूर्ण रूपमा सहभागी हुन आग्रह गरिएको छ।

संगठनले यो आन्दोलनलाई स्वदेशी/विदेशी हस्तक्षेप र षड्यन्त्रको शिकार हुन नदिन सचेत रहनुपर्नेमा जोड दिँदै स्वतन्त्र र देशभक्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जेनरेशन जेड आन्दोलनप्रति अखिल (समाजवादी) विद्यार्थी युनियनको ऐक्यवद्धता

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

जेनरेशन जेड आन्दोलनप्रति अखिल (समाजवादी) विद्यार्थी युनियनको ऐक्यवद्धता

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

जेनरेशन जेड आन्दोलनप्रति अखिल (समाजवादी) विद्यार्थी युनियनको ऐक्यवद्धता

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

जेनरेशन जेड आन्दोलनप्रति अखिल (समाजवादी) विद्यार्थी युनियनको ऐक्यवद्धता

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

जेनरेशन जेड आन्दोलनप्रति अखिल (समाजवादी) विद्यार्थी युनियनको ऐक्यवद्धता

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

जेनरेशन जेड आन्दोलनप्रति अखिल (समाजवादी) विद्यार्थी युनियनको ऐक्यवद्धता

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.