काठमाडौँमा हर्क सम्पाङ : “देश अब जेन जि पुस्ताको हो, आवश्यक परे प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार छु”

काठमाडौं, भदौ २५ गते । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ काठमाडौँ आइपुगेका छन्। काठमाडौँ आगमनपछि पत्रकारहरूले राखेका प्रश्नमा उनले आफू यहाँ जेन जि नयाँ पुस्ताको आग्रहमा मात्र आएको स्पष्ट पारेका छन्।

सम्पाङले आर्मी चिफसँग भेटवार्ता भए पनि छलफल र निष्कर्ष भने पहिले नै टुंगिएको जानकारी पाएको बताए। उनका अनुसार पूर्व न्यायाधीश सुशिला कार्कीलाई नेतृत्वका लागि चयन गर्ने विषयमा निर्णय भइसकेको रहेछ। यसबारे आफ्नो धारणा प्रष्ट पार्दै सम्पाङले भने, “म को नै होर, मैले चुन्ने नचुन्ने भन्दा पनि यो देश अहिले पूर्णरुपमा जेन जि पुस्ताको हो। उहाँहरूको निर्णय नै सर्वोपरि हुन्छ। त्यसैले यसमा मेरो सहमति–असहमति भन्ने हुँदैन।”

प्रधानमन्त्रीको नेतृत्व सम्हाल्न सक्ने या नसक्ने भन्ने पत्रकारको प्रश्नमा सम्पाङले भने, “यदि जेन जि नयाँ पुस्ताले र देशको अहिलेको आवश्यकता अनुसार मलाई नेतृत्व सुम्पिएमा म अवश्य पनि यसको जिम्मेवारी सम्हाल्न सक्छु। त्यसका लागि सबैको विश्वास र भरोसा ममा रहनुपर्छ।”

यसरी सम्पाङले आफू जेन जि पुस्ताको निर्णयलाई नै प्रमुख मान्ने र आवश्यक परे देशको नेतृत्व सम्हाल्न तयार रहेको स्पष्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

काठमाडौँमा हर्क सम्पाङ : “देश अब जेन जि पुस्ताको हो, आवश्यक परे प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार छु”

६ घण्टामा लमजुङमा सर्वाधिक वर्षा, बागमती–गण्डकीसहित विभिन्न प्रदेशमा वर्षा जारी

काठमाडौँमा हर्क सम्पाङ : “देश अब जेन जि पुस्ताको हो, आवश्यक परे प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार छु”

हेटौंडा–४ मा मधुमेह रोगीका लागि निःशुल्क आँखा शिविर, ४३ जनाको आँखा परीक्षण

काठमाडौँमा हर्क सम्पाङ : “देश अब जेन जि पुस्ताको हो, आवश्यक परे प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार छु”

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

काठमाडौँमा हर्क सम्पाङ : “देश अब जेन जि पुस्ताको हो, आवश्यक परे प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार छु”

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

काठमाडौँमा हर्क सम्पाङ : “देश अब जेन जि पुस्ताको हो, आवश्यक परे प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार छु”

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

काठमाडौँमा हर्क सम्पाङ : “देश अब जेन जि पुस्ताको हो, आवश्यक परे प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार छु”

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.