जेन जी नेपालले अन्तरिम सरकारको नेतृत्वका लागि कुलमान घिसिङको नाम अघि सार्‍यो

काठमाडौं, भदौ २६ गते । भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने अभिप्रायसहित सुरु भएको जेन जी नेपालकै आन्दोलन अब ऐतिहासिक सफलताप्रति अघि बढिरहेको छ। आन्दोलनका क्रममा सम्पन्न भर्चुअल छलफल र समग्र मूल्यांकनपछि जेन जी नेपालले अन्तरिम मन्त्रिपरिषद् नेतृत्वका लागि इन्जिनियर कुलमान घिसिङलाई अघि सार्ने निर्णय गरेको छ।

जेन जी नेपालद्वारा जारी विज्ञप्तिअनुसार, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह नै सबैभन्दा योग्य र लोकप्रिय विकल्प मानिएको भए पनि उहाँले यस प्रक्रियामा रुचि नदेखाएकाले सम्भावना टुंगिएको छ। त्यस्तै, पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नाम पनि व्यापक समर्थन पाएको भए पनि संविधानिक प्रावधानअनुसार पूर्वन्यायाधीशलाई यस्तो पदमा नियुक्त गर्न नमिल्ने र उमेर सीमा नाघिसकेको कारणले उहाँको नाम अस्वीकृत गरिएको स्पष्ट गरिएको छ।

धरानका मेयर हर्क साम्पाङको नाम पनि चर्चामा आएको भए पनि सर्वसम्मत नेतृत्व गर्न कठिन हुने निष्कर्षमा पुगिएको विज्ञप्तिमा उल्लेख छ।

नेपाललाई लोडसेडिङबाट मुक्त गराएर दूरदर्शी नेतृत्व देखाएका इन्जिनियर कुलमान घिसिङ नै सबैको साझा व्यक्तित्व भएको निष्कर्ष निकाल्दै जेन जी नेपालले अन्तरिम सरकारको नेतृत्वका लागि उहाँलाई जिम्मेवारी दिनुपर्ने निर्णय सार्वजनिक गरेको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जेन जी नेपालले अन्तरिम सरकारको नेतृत्वका लागि कुलमान घिसिङको नाम अघि सार्‍यो

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

जेन जी नेपालले अन्तरिम सरकारको नेतृत्वका लागि कुलमान घिसिङको नाम अघि सार्‍यो

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

जेन जी नेपालले अन्तरिम सरकारको नेतृत्वका लागि कुलमान घिसिङको नाम अघि सार्‍यो

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

जेन जी नेपालले अन्तरिम सरकारको नेतृत्वका लागि कुलमान घिसिङको नाम अघि सार्‍यो

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

जेन जी नेपालले अन्तरिम सरकारको नेतृत्वका लागि कुलमान घिसिङको नाम अघि सार्‍यो

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

जेन जी नेपालले अन्तरिम सरकारको नेतृत्वका लागि कुलमान घिसिङको नाम अघि सार्‍यो

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.