बारा जिल्लामा आज राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू

बारा, कलैया, भदौ २६ गते । जिल्लाको शान्ति सुरक्षा र अमन चयन कायम गर्न बारा जिल्लामा कर्फ्यु आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले मिति २०८२ साल भदौ २६ गते साँझ ८ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश लागू गरिएको जानकारी दिएका छन्।

हालको विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै सार्वजनिक सम्पत्ति नोक्सान गर्ने, लुटपाट तथा आगजनी गर्ने, हिंसात्मक आक्रमणजस्ता गतिविधि हुन नदिन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) र (ख) बमोजिम आदेश जारी गरिएको हो।

कर्फ्यु अवधिमा कसैले पनि आउजाउ, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन्। तर अत्यावश्यक सेवाका सवारी साधन जस्तै एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकट देखाउने यात्रुहरूको आवागमनमा भने सुरक्षाकर्मीमार्फत सहजीकरण गरिने प्रशासनले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बारा जिल्लामा आज राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

बारा जिल्लामा आज राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

बारा जिल्लामा आज राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

बारा जिल्लामा आज राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

बारा जिल्लामा आज राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

बारा जिल्लामा आज राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.