देशको परिस्थितिका कारण जसपा नेपाल बागमती प्रदेशको अधिवेशन स्थगित

मकवानपुर, भदौ २६ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा) बागमती प्रदेश समितिको एकताको ऐतिहासिक प्रथम अधिवेशन स्थगित भएको छ।

मिति २०८२ साल भदौ २८–२९ गते मकवानपुरको हेटौडामा आयोजना गर्ने तय गरिएको अधिवेशन देशभरको असहज परिस्थितिका कारण अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो।

बागमती प्रदेश अधिवेशन आयोजक समिति संयोजक जीवन लामा (जिमी)ले जारी गरेको सूचनामा उक्त अधिवेशन तथा प्रदेश अन्तर्गतका सबै कार्यक्रम हाललाई रोकिएको जनाइएको छ। साथै, नयाँ मिति तय भएपछि पुनः जानकारी गराइने उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.