काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा र कर्फ्यू आदेश जारी

काठमाडौं, भदौ २६ गते । हालको सुरक्षा अवस्थाको विशेष विश्लेषणपछि राजधानी काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरिएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले एक विज्ञप्ति जारी गर्दै नागरिकको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जानकारी दिएको हो।

विज्ञप्तिअनुसार, भदौ २७ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा लागु हुनेछ। त्यसपछि, त्यही दिन साँझ ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश लागु गरिने उल्लेख गरिएको छ।

साथै, अत्यावश्यक कार्यका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ।

सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशील ठहरिएका क्षेत्रमा नागरिकलाई अनावश्यक हिँडडुल नगर्न तथा सम्बन्धित सुरक्षा निकायले जारी गरेका निर्देशनको पालना गर्न नेपाली सेनाले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.