हेटौँडामा जेन जी आन्दोलनपछि विशालराज महतले अराजकता नियन्त्रण र सफाइ अभियानको आव्हान

मकवानपुर, भदौ २६ गते । सामाजिक सुधारका लागि चलाइएको जेन्जी आन्दोलनमा अग्रपंक्तिमा रहेकाहरु मध्येका विशालराज महतले बुधबार आफ्नो अनुभव सार्वजनिक गर्दै आन्दोलनले अनपेक्षित विध्वंश भएको स्वीकार गरेका छन्।

महत्वपूर्ण दस्तावेज, सम्पत्ति र विभिन्न स्थानमा भएको तोडफोड र चोरी घटनाबारे उनले भने, “आन्दोलनको मक्सद सरकारको राजीनामा भएको थियो र त्यसपछि आन्दोलन सकिनु पर्ने थियो। तर जेन जीको नाममा केही घुसपैठ भयो, जसले नचाहिँदो क्षति पुर्‍यायो। हामीले बुझ्न सकेनौं।”

महतले हेटौँडामा भएका लुटपाट र तोडफोडमा मकवानपुर बाहिरका अनुहार देखिएको, भाटभटेनी लगायतका स्थानबाट विभिन्न सामान चोरी भएको पनि स्वीकार गरेका छन् । उनले भने, “आजबाट हाम्रो लागि आन्दोलन सकिएको छ। अब अराजक गतिविधि रोक्नु पर्छ। घुसपैठ भए प्रतिकार गर्न हामी सबै तयार छौँ।”

महतले आन्दोलन सफल भए तापनि नचाहिँदो क्षति भएको र अब हेटौँडालाई फेरि जगाउनुपर्ने बताएका छन्। उनले कर्फ्युको कारण समूहमा जुट्न नसकेको तर साथीहरू जुटेर आगजनी र तोडफोड भएका ठाउँको फोहोर उठाउने, तारका लठ्ठाहरू व्यवस्थित गर्ने अभियान चलाउने योजना रहेको बताए र सबैको सहयोगको आव्हान गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौँडामा जेन जी आन्दोलनपछि विशालराज महतले अराजकता नियन्त्रण र सफाइ अभियानको आव्हान

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

हेटौँडामा जेन जी आन्दोलनपछि विशालराज महतले अराजकता नियन्त्रण र सफाइ अभियानको आव्हान

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

हेटौँडामा जेन जी आन्दोलनपछि विशालराज महतले अराजकता नियन्त्रण र सफाइ अभियानको आव्हान

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

हेटौँडामा जेन जी आन्दोलनपछि विशालराज महतले अराजकता नियन्त्रण र सफाइ अभियानको आव्हान

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

हेटौँडामा जेन जी आन्दोलनपछि विशालराज महतले अराजकता नियन्त्रण र सफाइ अभियानको आव्हान

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

हेटौँडामा जेन जी आन्दोलनपछि विशालराज महतले अराजकता नियन्त्रण र सफाइ अभियानको आव्हान

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.