देशका लागि बलिदान दिने युवा पुस्तालाई श्रद्धाञ्जली, राष्ट्रपति पौडेल, सेना प्रमुख सिक्देल र प्रधानमन्त्री कार्कीलाई सलाम

मकवानपुर, भदौ २८ गते । ईन्द्रसरोवर गाउँपालिका–२ का वडा अध्यक्ष सुमन श्रेष्ठले हालैको जनआन्दोलनमा जीवन आहुति दिने युवा पुस्ताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले साना–साना ज्यानको बाजी राखेर आमाको काख रित्याउँदै देशको लागि लड्ने Gen Z पुस्ताका भाइबहिनीलाई ‘रियल हिरो’को संज्ञा दिँदै श्रद्धा प्रकट गरेका हुन्।

श्रेष्ठले राष्ट्र संकटको घडीमा संविधान र राष्ट्रिय स्वाधीनता जोगाउन दृढ रहनु भएका राष्ट्रपति रामचन्द्र पौडेललाई ‘माहान व्यक्तित्व’ भन्दै सलाम गरेका छन्। विदेशी दबाबका बीच पनि पद नत्यागी देशलाई जोगाउन उहाँको अटुट अडान ऐतिहासिक रहेको उनको भनाइ छ।

त्यसैगरी, नेपाली सेनाले जिउधनको सुरक्षासहित देशलाई विदेशी प्रभावबाट बचाउन खेलेको भूमिकाप्रति आभार व्यक्त गर्दै प्रधानसेनापति असोकराज सिक्देललाई पनि उनले विशेष धन्यवाद दिएका छन्।

विपरीत परिस्थितिमा युवा आन्दोलनलाई नेतृत्व गर्दै प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई उनले ‘देशकै आमा’को रूपमा सम्मान गरेका छन्। साथै, आफ्नो जीवन आहुति दिँदै अगाडि बढेका Gen Z लिडर सुदन गुरुङ तथा आन्दोलनलाई साथ दिने सबै राजनीतिक दलका युवा कार्यकर्ताप्रति उनले कृतज्ञता प्रकट गरेका छन्।

श्रेष्ठले आगामी दिनमा विकास निर्माणसँगै शिक्षा र स्वास्थ्य सुधारलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै शिक्षामन्त्रीका लागि सुमना श्रेष्ठ उपयुक्त व्यक्ति हुने बताएका छन्। विद्यालय भित्रको राजनीतिक हस्तक्षेप हटाई गुणस्तरीय शिक्षा नीतिगत सुधारमार्फत अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।

“देशलाई नयाँ मार्गमा अघि बढाउन सबै पार्टीका इमानदार व्यक्तित्वसँग सहकार्य गर्दै Gen Z टिमले अघि बढ्नुपर्छ,” वडा अध्यक्ष श्रेष्ठले भने, “राम्रो कामका लागि हाम्रो साथ सदैव रहनेछ।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

देशका लागि बलिदान दिने युवा पुस्तालाई श्रद्धाञ्जली, राष्ट्रपति पौडेल, सेना प्रमुख सिक्देल र प्रधानमन्त्री कार्कीलाई सलाम

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

देशका लागि बलिदान दिने युवा पुस्तालाई श्रद्धाञ्जली, राष्ट्रपति पौडेल, सेना प्रमुख सिक्देल र प्रधानमन्त्री कार्कीलाई सलाम

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

देशका लागि बलिदान दिने युवा पुस्तालाई श्रद्धाञ्जली, राष्ट्रपति पौडेल, सेना प्रमुख सिक्देल र प्रधानमन्त्री कार्कीलाई सलाम

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

देशका लागि बलिदान दिने युवा पुस्तालाई श्रद्धाञ्जली, राष्ट्रपति पौडेल, सेना प्रमुख सिक्देल र प्रधानमन्त्री कार्कीलाई सलाम

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

देशका लागि बलिदान दिने युवा पुस्तालाई श्रद्धाञ्जली, राष्ट्रपति पौडेल, सेना प्रमुख सिक्देल र प्रधानमन्त्री कार्कीलाई सलाम

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

देशका लागि बलिदान दिने युवा पुस्तालाई श्रद्धाञ्जली, राष्ट्रपति पौडेल, सेना प्रमुख सिक्देल र प्रधानमन्त्री कार्कीलाई सलाम

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.