Day: २०८२ भाद्र २८, शनिबार २३:४०

हेटौंडामा सहादत प्राप्त जेन जि युवाको सम्झनामा दीप प्रज्वलन

हेटौंडामा सहादत प्राप्त जेन जि युवाको सम्झनामा दीप प्रज्वलन

हेटौंडा, भदौ २८ गते । वैशाख २३ गते सुरु भएको दुई दिने जेन जि जनविद्रोह आन्दोलनमा सहादत प्राप्त गरेका युवापुस्तालाई सम्झना गर्दै हेटौंडा उपमहानगरपालिका अन्तर्गत बुद्धचोकमा शनिबार साँझ दीप प्रज्वलन गरिएको छ। साँझ ६ बजेदेखि सुरु भएको कार्यक्रममा हेटौंडाका जेन जि युवा पुस्ताले दीप प्रज्वलन गर्दै सहादत प्राप्त साथीहरूको योगदानप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनीहरूले आहुति दिने ती युवाको सम्झनामा एक मिनेट मौनधारणसमेत गरेका थिए। आन्दोलनका क्रममा ज्यान गुमाएका जेन जि पुस्ताको बलिदान र योगदान कुनै पनि हालतमा खेर नजाने स्मरण गर्दै कार्यक्रममा सहभागी भएका युवाहरूले एकता प्रकट गरेका थिए। उनीहरूको भनाइमा, परिवर्तनका लागि भएको त्यागले नयाँ नेपालको आधार तयार…
Read More
प्रधानमन्त्री कार्कीलाई उपेन्द्र यादवको बधाई, सुशासन र न्यायको आशा व्यक्त

प्रधानमन्त्री कार्कीलाई उपेन्द्र यादवको बधाई, सुशासन र न्यायको आशा व्यक्त

काठमाडौं, भदौ २८ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकको विषम परिस्थितिमा आवश्यकताको सिद्धान्त (Doctrine of necessity) का आधारमा प्रधानमन्त्री पदमा नियुक्त भएकी सुशिला कार्कीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै यादवले संघीयता, लोकतन्त्र र गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्नुका साथै संविधानवाद र विधिको शासन कायम गर्न प्रधानमन्त्री कार्कीको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन्। उनले आर्थिक, सामाजिक र राजनीतिक रूपमा बहिष्करणमा परेका सीमान्तकृत समुदायहरूले अब न्याय पाउने आशा व्यक्त गर्दै मुलुकमा व्याप्त अराजकता, भ्रष्टाचार र अव्यवस्था अन्त्य गरी सुशासन कायम गर्ने अपेक्षा जनाएका छन्। यादवले…
Read More
“मेयर गोपाल हमालद्वारा प्रधानमन्त्रीलाई आग्रह : एक साताभित्र भ्रष्टाचार विरुद्ध कडा कदम चाल्नुपर्ने”

“मेयर गोपाल हमालद्वारा प्रधानमन्त्रीलाई आग्रह : एक साताभित्र भ्रष्टाचार विरुद्ध कडा कदम चाल्नुपर्ने”

धनगढी, भदौ २८ गते । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले नयाँ सरकारसमक्ष पहिलो प्राथमिकताका रूपमा भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। हमालले जेनजी आन्दोलनको मुख्य माग नै भ्रष्टाचार विरुद्धको लडाइँ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई एक साताभित्र ठूला भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरी उनीहरूलाई जेल हाल्न माग गरेका छन्। उनका अनुसार देशको रूपान्तरण र सुशासनको आधार नै शुद्ध र जवाफदेही राजनीतिक प्रणाली निर्माणमा रहन्छ। उनले थपे, “जनताले परिवर्तनको लागि बलिदान दिएका छन्। अब सरकारले समयमै कडा कदम चाल्न सके मात्र नयाँ पुस्ताको विश्वास जित्न सक्नेछ।”
Read More
मकवानपुरमा लागू निषेधाज्ञा र कर्फ्यु आदेश हटाइयो

मकवानपुरमा लागू निषेधाज्ञा र कर्फ्यु आदेश हटाइयो

मकवानपुर, भदौ २८ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरले लागू गरिएको निषेधाज्ञा तथा कर्फ्यु आदेश हटाएको छ। हालैको घटनाक्रम सामान्यीकरण हुँदै गएपछि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आज बिहान १०:०० बजेदेखि निषेधाज्ञा र कर्फ्यु आदेश हटाउने निर्णय गरेका हुन्। कार्यालयले जारी गरेको विज्ञप्तिमा अबदेखि जिल्लाभर निषेधाज्ञा तथा कर्फ्यु आदेश खारेज भएको जानकारी गराइएको छ।
Read More
आन्दोलनकै बीचमा पद त्याग्ने नेताहरू कायरः वडाध्यक्ष फुर्वा दुर्जे लामा

आन्दोलनकै बीचमा पद त्याग्ने नेताहरू कायरः वडाध्यक्ष फुर्वा दुर्जे लामा

हेटौडा, भदौ २८ गते । हेटौडा उपमहानगरपालिका–१० का वडाध्यक्ष फुर्वा दुर्जे लामाले आन्दोलनकै बीचमा पद छाड्ने नेताहरूलाई कायर भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै उनले नेकपा एमालेका केही नेताहरूले आन्दोलन सुरु भएको दुई दिनमै पदबाट राजीनामा दिन थालेकोप्रति असन्तुष्टि प्रकट गरेका छन्। लामाले लेखेका छन्, “२ दिनको आन्दोलनमा नेकपा एमाले छोड्दै पदबाट राजीनामा दिए भने स्टाटस लेख्नेहरू पार्टीको नेताहरुलाई जे मन लाग्छ तेही लेख्छन्। अनि आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने कायरहरू पार्टी कार्यालय वरिपरि र आँखा वरिपरि देखिनु हुँदैन।” उनले आन्दोलनको घडीमा नेता तथा कार्यकर्ताले जिम्मेवारी बोकेर अघि बढ्नु पर्नेमा जोड दिँदै सामाजिक सञ्जालमा मात्र सक्रिय…
Read More
देशका लागि बलिदान दिने युवा पुस्तालाई श्रद्धाञ्जली, राष्ट्रपति पौडेल, सेना प्रमुख सिक्देल र प्रधानमन्त्री कार्कीलाई सलाम

देशका लागि बलिदान दिने युवा पुस्तालाई श्रद्धाञ्जली, राष्ट्रपति पौडेल, सेना प्रमुख सिक्देल र प्रधानमन्त्री कार्कीलाई सलाम

मकवानपुर, भदौ २८ गते । ईन्द्रसरोवर गाउँपालिका–२ का वडा अध्यक्ष सुमन श्रेष्ठले हालैको जनआन्दोलनमा जीवन आहुति दिने युवा पुस्ताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले साना–साना ज्यानको बाजी राखेर आमाको काख रित्याउँदै देशको लागि लड्ने Gen Z पुस्ताका भाइबहिनीलाई ‘रियल हिरो’को संज्ञा दिँदै श्रद्धा प्रकट गरेका हुन्। श्रेष्ठले राष्ट्र संकटको घडीमा संविधान र राष्ट्रिय स्वाधीनता जोगाउन दृढ रहनु भएका राष्ट्रपति रामचन्द्र पौडेललाई ‘माहान व्यक्तित्व’ भन्दै सलाम गरेका छन्। विदेशी दबाबका बीच पनि पद नत्यागी देशलाई जोगाउन उहाँको अटुट अडान ऐतिहासिक रहेको उनको भनाइ छ। त्यसैगरी, नेपाली सेनाले जिउधनको सुरक्षासहित देशलाई विदेशी प्रभावबाट बचाउन खेलेको भूमिकाप्रति आभार व्यक्त गर्दै प्रधानसेनापति असोकराज…
Read More
राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन, फागुन २१ गते नयाँ निर्वाचन हुने

राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन, फागुन २१ गते नयाँ निर्वाचन हुने

काठमाडौँ, भदौ २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधि सभा विघटन गर्नुभएको छ। शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी २०८२ साल भदौ २७ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रतिनिधि सभा विघटन भएको राष्ट्रपति कार्यालयले जनाएको छ। यससँगै नयाँ प्रतिनिधि सभाको निर्वाचन मिति पनि तोकिएको छ। आगामी २०८२ साल फागुन २१ गते बिहिबार निर्वाचन गर्ने निर्णय गरिएको उपसचिव रुपेश जंग थापा मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति कार्यालयका अनुसार विघटनपश्चात अब निर्वाचन आयोगले तय समयसीमाअनुसार आवश्यक तयारी अघि बढाउनेछ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.