विद्यार्थी भाइबहिनीहरूसँग नगर प्रमुख मिना लामाको माफी

हेटौंडा, भदौ २९ गते । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारि लामाले हालै Gen-Z आन्दोलनका क्रममा नगरपालिकाको परिषरमा आएका विद्यार्थी भाइबहिनीहरूसँग उत्पन्न भएको परिस्थितिप्रति खेद व्यक्त गर्दै सार्वजनिक माफी मागेकी छिन्।

नगर प्रमुख लामाले आफूले कहिल्यै पनि विद्यार्थीहरूको आवाजलाई बेवास्ता गर्ने वा उपेक्षा गर्ने उद्देश्य राखेको नभई असमझदारीका कारण अपमानित महसुस हुने स्थिति सिर्जना भएको बताएर पछुतो व्यक्त गरेकी छिन्। उनले आफ्नो भनाइ वा व्यवहारका कारण कुनै विद्यार्थीको मन दुखेको भए त्यसलाई सच्चाउने दृढता व्यक्त गर्दै सबै विद्यार्थी र आम नगरवासीसँग क्षमा याचना गरेकी छिन्।

उनले आन्दोलनमा संलग्न विद्यार्थीहरूको माग सम्बोधनका लागि नगरपालिकाको तर्फबाट सकारात्मक पहल गर्ने प्रतिबद्धता समेत जनाइन्। साथै, आगामी दिनमा विद्यार्थीहरूको आवाजलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न आफू सदैव तत्पर रहने स्पष्ट पारिन्।

नगर प्रमुख लामाले सामाजिक सञ्जालमा समेत माफी माग्दै आफूले गल्तीबाट सिकेर विद्यार्थीहरूसँग सहकार्य गर्ने आशय प्रकट गरेकी छिन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

विद्यार्थी भाइबहिनीहरूसँग नगर प्रमुख मिना लामाको माफी

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

विद्यार्थी भाइबहिनीहरूसँग नगर प्रमुख मिना लामाको माफी

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

विद्यार्थी भाइबहिनीहरूसँग नगर प्रमुख मिना लामाको माफी

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

विद्यार्थी भाइबहिनीहरूसँग नगर प्रमुख मिना लामाको माफी

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

विद्यार्थी भाइबहिनीहरूसँग नगर प्रमुख मिना लामाको माफी

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

विद्यार्थी भाइबहिनीहरूसँग नगर प्रमुख मिना लामाको माफी

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.