Day: २०८२ भाद्र २९, आईतवार २३:५९

मोदी गाउँपालिकालाई Gen-Z युवाको माग – ३ वर्षको आर्थिक विवरण सार्वजनिक गर्न दबाब

मोदी गाउँपालिकालाई Gen-Z युवाको माग – ३ वर्षको आर्थिक विवरण सार्वजनिक गर्न दबाब

पर्वत, भदौ २९ गते । मोदी गाउँपालिका, पर्वतका युवाहरूले गाउँपालिकाले पछिल्ला ३ वर्षमा खर्च गरेको बजेट, सार्वजनिक निर्णयहरू, र सम्पत्तिको विवरण तत्काल सार्वजनिक गर्न माग गरेका छन्। Gen-Z पुस्ताका युवाहरूले गाउँपालिकामा पारदर्शिता र जवाफदेहिताको अभाव भएको भन्दै औपचारिक रूपमा चार बुँदे मागपत्र पेस गरेका हुन्। युवाहरूको मुख्य मागहरूमा आर्थिक पारदर्शिता, राजनीतिक जवाफदेहिता, जनप्रतिनिधिहरूको व्यक्तिगत सम्पत्ति विवरण, र गाउँपालिकाका बैठकहरू लाइभ गर्ने व्यवस्था समावेश छन्। यदि माग सम्बोधन नभएमा कडा कदम चाल्ने चेतावनी पनि उनीहरूले दिएका छन्।
Read More
“मकवानपुर राक्सिराङमा २२ वर्षीया चेपाङ सुत्केरी महिलामाथि बलात्कार, दुई महिनाको शिशु बोकेर मानव अधिकारकर्मीको साथमा प्रहरीमा उजुरी”

“मकवानपुर राक्सिराङमा २२ वर्षीया चेपाङ सुत्केरी महिलामाथि बलात्कार, दुई महिनाको शिशु बोकेर मानव अधिकारकर्मीको साथमा प्रहरीमा उजुरी”

मकवानपुर, भदौ २९ गते । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–१, इन्द्रुङकी २२ वर्षीया सुत्केरी महिला बलात्कारको शिकार भएकी छन्। गत बिहीबार राति भएको उक्त घटनापछि पीडित महिला आफ्नै दुई महिनाको शिशु बोकेर न्यायको खोजीमा प्रहरीसम्म पुगेकी हुन्। पीडित महिलाका अनुसार, घटना भएको बेलामा उनका श्रीमान अशक्त अवस्थामा रहेका थिए। उनीहरुलाई बाँधेर आफूलाई जबरजस्ती बलात्कार गरिएको उनले बताएका छन्। असोज ५ गते पहिलो सन्तान जन्माएकी ती महिलाले सुत्केरी अवस्थामा संरक्षण र विश्राम पाउनुपर्ने बेला यस्तो घटना भोग्नुपरेको अवस्था उनले बताएकी छन्। परिचयपत्रको अभावले उजुरीमा जटिलता पीडितसँग नागरिकता, जन्मदर्ताजस्ता आधारभूत परिचय कागजात नभएकाले उजुरी प्रक्रियामा जटिलता आएको छ। मानव अधिकारकर्मी र स्थानीय महिलाको…
Read More
प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् टुंगो : खनाल अर्थ, अर्याल गृह र घिसिङ ऊर्जा मन्त्रालयमा

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् टुंगो : खनाल अर्थ, अर्याल गृह र घिसिङ ऊर्जा मन्त्रालयमा

काठमाडौं, भदौ २९ गते । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बन्न लागेको मन्त्रिपरिषद्मा तीन मन्त्रीको नाम टुंगो लागेको छ। अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह मन्त्रीमा कानुन व्यवसायी ओम प्रकाश अर्याल र ऊर्जा मन्त्रीमा नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारी दिने निर्णय भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूले भोलि शपथग्रहण गर्नेछन्। कानुन व्यवसायी अर्यालले गृह मन्त्रालयसँगै कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने भएका छन् भने घिसिङलाई ऊर्जा मन्त्रालयसँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा दिने तयारी भएको छ। हालै मात्र आर्थिक सुधार आयोगको प्रतिवेदन सरकारलाई बुझाएका खनाल आर्थिक सुधारका खाका कार्यान्वयनमा सक्रिय हुने अपेक्षा गरिएको छ। कानुनी…
Read More
पोखरास्थित टेलिकम कार्यालयमा तोडफोड, लाखौँ मूल्यका रिचार्ज कार्ड चोरी – प्रयोग नगर्न आग्रह

पोखरास्थित टेलिकम कार्यालयमा तोडफोड, लाखौँ मूल्यका रिचार्ज कार्ड चोरी – प्रयोग नगर्न आग्रह

पोखरा, भदौ २९ गते । देशव्यापी रूपमा भड्किएको Gen Z आन्दोलनको क्रममा २०८२ साल भदौ २४ गते नेपाल टेलिकमको गण्डकी प्रदेश महेन्द्रपुलस्थित प्रादेशिक निर्देशनालय कार्यालयमा तोडफोड तथा आगजनी भएको छ। सो क्रममा ठूलो संख्यामा रिचार्ज कार्ड चोरी भएको नेपाल टेलिकमले जनाएको छ। नेपाल टेलिकमका अनुसार चोरी भएका रिचार्ज कार्डहरू विभिन्न सिरियल नम्बर भएका छन्। ती कार्डहरूको वितरण वा प्रयोग नगर्न आम सर्वसाधारणलाई टेलिकमले अनुरोध गरेको छ। साथै चोरी भएका रिचार्ज कार्डबारे जानकारी भएमा नजिकको टेलिकम कार्यालय वा प्रहरीलाई खबर गर्न समेत आग्रह गरिएको छ। टेलिकमले सार्वजनिक गरेको विवरणअनुसार रु. १०० मूल्यका करिब ६० हजार कार्ड र रु. ५०० मूल्यका २००…
Read More
धरानका मेयर हर्क साम्पाङको प्रश्न– “प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको चुनाव नगर्ने हो भने किन भयो आन्दोलन ?”

धरानका मेयर हर्क साम्पाङको प्रश्न– “प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको चुनाव नगर्ने हो भने किन भयो आन्दोलन ?”

धरान, भदौ २९ गते । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पुनः सामाजिक सञ्जालमार्फत हालै सम्पन्न आन्दोलनप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको चुनाव नै नगर्ने हो भने देशभर भएको आन्दोलन, आगजनी र युवाको बलिदान किन भएको भन्ने प्रश्न गरेका छन्। साम्पाङले आफूलाई “Gen Z” आन्दोलनको नेतृत्व भनिने समूह र प्रधानमन्त्रीलाई समेत जवाफ दिनुपर्ने बेला आएको उल्लेख गरेका छन्। साथै उनले कानुनको कुरा गर्नेहरूलाई सोध्दै, कुन कानुनको कुन धारामा आधार लिएर यस्तो आन्दोलन गरिएको हो भन्ने विषयमा स्पष्टता माग गरेका छन्। उनको भनाइले अहिले सामाजिक सञ्जालमा व्यापक चासो जगाएको छ।
Read More
राष्ट्रपतिबाट सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

राष्ट्रपतिबाट सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

काठमाडौं, भदौ २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका छन् । संविधानको धारा १५७ को उपधारा २ बमोजिम २०८२ साल भदौ २९ गते आइतबारदेखि भण्डारीले महान्यायाधिवक्ताको पदभार सम्हाल्ने भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार नियुक्ति औपचारिक रुपमा आजै लागू भएको छ।
Read More
प्रधानमन्त्री कार्कीका पाँच निर्णय : जेन-जी आन्दोलनका सहिद परिवारलाई क्षतिपूर्ति र सुविधा घोषणा

प्रधानमन्त्री कार्कीका पाँच निर्णय : जेन-जी आन्दोलनका सहिद परिवारलाई क्षतिपूर्ति र सुविधा घोषणा

काठमाडौं, भदौ २९ गते । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनमा ज्यान गुमाउने, घाइते हुने तथा अपाङ्गता भोग्नुपरेका परिवार र व्यक्तिहरूका लागि पाँच महत्वपूर्ण निर्णय सार्वजनिक गरेकी छन्। प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुलाई सहिद घोषणा गर्ने निर्णय गर्दै, मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेकी छिन्। यस्तै, आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने व्यवस्था गरिएको छ। सरकारले मृतकको शव लैजाने र अन्त्येष्टिको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ भने आन्दोलनकै कारण अपाङ्गता भएका व्यक्तिलाई विशेष सुविधा उपलब्ध गराउने घोषणा गरिएको छ। प्रधानमन्त्री कार्कीका यी निर्णयले जेन-जी आन्दोलनमा प्रभावित परिवारहरूलाई राहत दिलाउने अपेक्षा गरिएको छ।
Read More
विद्यार्थी भाइबहिनीहरूसँग नगर प्रमुख मिना लामाको माफी

विद्यार्थी भाइबहिनीहरूसँग नगर प्रमुख मिना लामाको माफी

हेटौंडा, भदौ २९ गते । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारि लामाले हालै Gen-Z आन्दोलनका क्रममा नगरपालिकाको परिषरमा आएका विद्यार्थी भाइबहिनीहरूसँग उत्पन्न भएको परिस्थितिप्रति खेद व्यक्त गर्दै सार्वजनिक माफी मागेकी छिन्। नगर प्रमुख लामाले आफूले कहिल्यै पनि विद्यार्थीहरूको आवाजलाई बेवास्ता गर्ने वा उपेक्षा गर्ने उद्देश्य राखेको नभई असमझदारीका कारण अपमानित महसुस हुने स्थिति सिर्जना भएको बताएर पछुतो व्यक्त गरेकी छिन्। उनले आफ्नो भनाइ वा व्यवहारका कारण कुनै विद्यार्थीको मन दुखेको भए त्यसलाई सच्चाउने दृढता व्यक्त गर्दै सबै विद्यार्थी र आम नगरवासीसँग क्षमा याचना गरेकी छिन्। उनले आन्दोलनमा संलग्न विद्यार्थीहरूको माग सम्बोधनका लागि नगरपालिकाको तर्फबाट सकारात्मक पहल गर्ने प्रतिबद्धता समेत जनाइन्। साथै,…
Read More
परदेशी नेपालीको पीडामा हर्क सम्पाङ भावुक : “घरको कि घाटको जीवन ?”

परदेशी नेपालीको पीडामा हर्क सम्पाङ भावुक : “घरको कि घाटको जीवन ?”

धरान, भदौ २९ गते । धरान उपमहानगरपालिका मेयर हर्क सम्पाङले परदेशी नेपाली श्रमिकको पीडालाई उजागर गर्दै सामाजिक सञ्जालमा मार्मिक टिप्पणी गरेका छन्। विदेशमा पसिना बगाउँदै घरपरिवारको यादमा रातभर तड्पिन बाध्य नेपाली छोराछोरीहरूको प्रतिनिधि तस्वीर हेरेर आफू भावुक भएको उनले उल्लेख गरेका छन्। सम्पाङले भनेका छन्, “दिनभर काममा जोतिएर बेलुकी आफ्ना साना नानी र अर्धाङ्गिनीको यादमा कोल्टे फेर्ने त्यो अभागी नेपाली छोराको नियति देखिन्छ। जसलाई भोट दियो, उसैले चोटै चोट दिएपछि देशमै बस्ने र गरिखाने वातावरण नबनेर विदेशिनुपर्ने बाध्यता सबै नेपालीको छ।”  उनले विदेशमा रहँदा घरको सम्झनामा आँसु पोख्दै, भविष्यको कल्पनाको भारी बोकेर बाँच्न बाध्य हजारौँ नेपालीको कथालाई ‘तपस्वीहरुको कथा’ को…
Read More
सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्दै भनिन्– “देशभन्दा माथि पार्टी, पार्टीभन्दा माथि नेता राख्ने संस्कार अस्वीकार्य”

सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्दै भनिन्– “देशभन्दा माथि पार्टी, पार्टीभन्दा माथि नेता राख्ने संस्कार अस्वीकार्य”

काठमाडौं, भदौ २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् । पार्टीभित्र आलोचना स्विकार्ने संस्कार नभएको, गल्तिमाथि गल्ति गर्ने प्रवृत्ति बढ्दै गएको र आलोचकलाई मिडिया ट्रायलमार्फत कमजोर पार्ने काम भइरहेका कारण आफूले पार्टी छोड्ने निर्णय गरेको उनले सार्वजनिक गरेकी हुन् । श्रेष्ठले भनिन्, “जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएकी हुँ । तर त्यसले कत्ति पनि फरक पारेन, उल्टै आलोचकलाई मिडिया ट्रायलमा उभ्याउने कार्य भयो । यो स्विकार्य छैन । त्यसैले मैले पार्टी छोडेँ ।” उनले कांग्रेस, एमाले लगायतका पुराना पार्टीका तेस्रो पुस्ताका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.