प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् टुंगो : खनाल अर्थ, अर्याल गृह र घिसिङ ऊर्जा मन्त्रालयमा

काठमाडौं, भदौ २९ गते । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बन्न लागेको मन्त्रिपरिषद्मा तीन मन्त्रीको नाम टुंगो लागेको छ। अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह मन्त्रीमा कानुन व्यवसायी ओम प्रकाश अर्याल र ऊर्जा मन्त्रीमा नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारी दिने निर्णय भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूले भोलि शपथग्रहण गर्नेछन्। कानुन व्यवसायी अर्यालले गृह मन्त्रालयसँगै कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने भएका छन् भने घिसिङलाई ऊर्जा मन्त्रालयसँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा दिने तयारी भएको छ।

हालै मात्र आर्थिक सुधार आयोगको प्रतिवेदन सरकारलाई बुझाएका खनाल आर्थिक सुधारका खाका कार्यान्वयनमा सक्रिय हुने अपेक्षा गरिएको छ। कानुनी संघर्ष र सामाजिक आन्दोलनका कारण चर्चित रहेका अर्याल काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका कानुनी सल्लाहकारका रूपमा समेत काम गरिसकेका थिए। ऊर्जा क्षेत्रमा लोकप्रिय छवि बनाएका घिसिङ भने केही महिना अघि विद्युत प्राधिकरणबाट बर्खास्त भएका थिए।

यससँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् औपचारिक रूपमा कार्यान्वयनमा आउने तयारी अन्तिम चरणमा पुगेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् टुंगो : खनाल अर्थ, अर्याल गृह र घिसिङ ऊर्जा मन्त्रालयमा

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् टुंगो : खनाल अर्थ, अर्याल गृह र घिसिङ ऊर्जा मन्त्रालयमा

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् टुंगो : खनाल अर्थ, अर्याल गृह र घिसिङ ऊर्जा मन्त्रालयमा

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् टुंगो : खनाल अर्थ, अर्याल गृह र घिसिङ ऊर्जा मन्त्रालयमा

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् टुंगो : खनाल अर्थ, अर्याल गृह र घिसिङ ऊर्जा मन्त्रालयमा

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् टुंगो : खनाल अर्थ, अर्याल गृह र घिसिङ ऊर्जा मन्त्रालयमा

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.