पोखरास्थित टेलिकम कार्यालयमा तोडफोड, लाखौँ मूल्यका रिचार्ज कार्ड चोरी – प्रयोग नगर्न आग्रह

पोखरा, भदौ २९ गते । देशव्यापी रूपमा भड्किएको Gen Z आन्दोलनको क्रममा २०८२ साल भदौ २४ गते नेपाल टेलिकमको गण्डकी प्रदेश महेन्द्रपुलस्थित प्रादेशिक निर्देशनालय कार्यालयमा तोडफोड तथा आगजनी भएको छ। सो क्रममा ठूलो संख्यामा रिचार्ज कार्ड चोरी भएको नेपाल टेलिकमले जनाएको छ।

नेपाल टेलिकमका अनुसार चोरी भएका रिचार्ज कार्डहरू विभिन्न सिरियल नम्बर भएका छन्। ती कार्डहरूको वितरण वा प्रयोग नगर्न आम सर्वसाधारणलाई टेलिकमले अनुरोध गरेको छ। साथै चोरी भएका रिचार्ज कार्डबारे जानकारी भएमा नजिकको टेलिकम कार्यालय वा प्रहरीलाई खबर गर्न समेत आग्रह गरिएको छ।

टेलिकमले सार्वजनिक गरेको विवरणअनुसार रु. १०० मूल्यका करिब ६० हजार कार्ड र रु. ५०० मूल्यका २०० कार्ड चोरी भएका छन्। कार्डहरूको सिरियल नम्बरसमेत सार्वजनिक गरिएको छ, जसलाई प्रयोग गर्ने वा वितरण गर्ने कार्य अवैध ठहरिने चेतावनी टेलिकमले दिएको छ।

यस सम्बन्धमा थप जानकारी वा उजुरीका लागि नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराको सम्पर्क नम्बर ०६१–५२०२०६ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पोखरास्थित टेलिकम कार्यालयमा तोडफोड, लाखौँ मूल्यका रिचार्ज कार्ड चोरी – प्रयोग नगर्न आग्रह

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

पोखरास्थित टेलिकम कार्यालयमा तोडफोड, लाखौँ मूल्यका रिचार्ज कार्ड चोरी – प्रयोग नगर्न आग्रह

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

पोखरास्थित टेलिकम कार्यालयमा तोडफोड, लाखौँ मूल्यका रिचार्ज कार्ड चोरी – प्रयोग नगर्न आग्रह

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

पोखरास्थित टेलिकम कार्यालयमा तोडफोड, लाखौँ मूल्यका रिचार्ज कार्ड चोरी – प्रयोग नगर्न आग्रह

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

पोखरास्थित टेलिकम कार्यालयमा तोडफोड, लाखौँ मूल्यका रिचार्ज कार्ड चोरी – प्रयोग नगर्न आग्रह

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

पोखरास्थित टेलिकम कार्यालयमा तोडफोड, लाखौँ मूल्यका रिचार्ज कार्ड चोरी – प्रयोग नगर्न आग्रह

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.