१०५ घण्टापछि मुग्लिन–नारायणघाट सडक पूर्णरूपमा सञ्चालनमा

चितवन, अशोज १० गते । मुग्लिन–नारायणघाट सडक खण्डको तुइन खोलामा अघिल्लो शुक्रबारदेखि पटक–पटक खसेको पहिरोका कारण अवरुद्ध भएको सडक करिब १०५ घण्टापछि सञ्चालनमा आएको छ। निरन्तर प्रयासपछि हिजो राति १०:३५ बजेदेखि सडक पूर्णरूपमा सञ्चालनमा आएको हो।

निरन्तर ढुङ्गा खसिरहे पनि जोखिम मोलेर सडक सफा गर्ने अपरेटर, सुपरभाइजर, प्राविधिक र अन्य कर्मचारीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। साथै नागढुंगा–मुग्लिन सडक आयोजना मुग्लिनको नेतृत्व, HED हेटौंडा/पोखरा, सडक विभाग (DoR), भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (MOPIT) र अन्य शुभेच्छुकहरूको निरन्तर सहयोग र उत्साहवर्धन उल्लेखनीय भएको छ।

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षानिकायका नेतृत्व र अन्य सरोकारवालाको योगदानप्रति आभार व्यक्त गरिएको छ। फिल्ड व्यवस्थापनमा विशेष सक्रियता देखाउनुभएका इन्जिनियर अर्जुन घिमिरेलाई समेत धन्यवाद दिइएको छ।

सडक डिभिजन भरतपुरले लामो समय सडक बन्द हुँदा यात्रुहरूले भोग्नुपरेको असुविधाप्रति क्षमा मागेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

१०५ घण्टापछि मुग्लिन–नारायणघाट सडक पूर्णरूपमा सञ्चालनमा

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

१०५ घण्टापछि मुग्लिन–नारायणघाट सडक पूर्णरूपमा सञ्चालनमा

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

१०५ घण्टापछि मुग्लिन–नारायणघाट सडक पूर्णरूपमा सञ्चालनमा

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

१०५ घण्टापछि मुग्लिन–नारायणघाट सडक पूर्णरूपमा सञ्चालनमा

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

१०५ घण्टापछि मुग्लिन–नारायणघाट सडक पूर्णरूपमा सञ्चालनमा

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

१०५ घण्टापछि मुग्लिन–नारायणघाट सडक पूर्णरूपमा सञ्चालनमा

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.