खोटाङको बिजुलेमा सुमो दुर्घटना, १३ जना घाइते

खोटाङ, अशोज १३ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित बिजुलेमा सोमबार बिहान सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा ७ जना मध्यम र ६ जना सामान्य घाइते भएका हुन्।

घाइतेहरूलाई नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ। दुर्घटनाको विस्तृत विवरण र कारण खुल्न बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.