नारायणघाट–मुग्लिन सडकखण्डको तुइनखोलामा फेरि पहिरो, यात्रु बिचल्ली

चितवन, अशोज १३ गते । दशैं–तिहार मनाउन काठमाडौँदेखि पूर्व–पश्चिमतर्फ गइरहेका यात्रु पुनः बिचल्लीमा परेका छन्। नारायणघाट–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा फेरि पहिरो खसेपछि दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको हो।

यसअघि केही दिनअघि सोही स्थानमा पहिरो खसेको थियो। निरन्तर प्रयासपछि दुई दिनमा सडक खोलिँदै सवारी साधन नियमित सञ्चालनमा आएको थियो। तर, पुनः त्यही स्थानमा पहिरो खसेपछि यात्रुले कठिनाइ भोग्नु परेको छ।

यातायात अवरुद्ध हुँदा घर फर्किँदै गरेका यात्रु सडकमा अलपत्र परेका छन्। प्रहरीले सडक सुचारु गर्ने प्रयास भइरहेको जनाए पनि कहिलेसम्म सडक खुल्ने भन्नेबारे निश्चित जानकारी भने आएको छैन।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.