स्वास्थ्य मन्त्रालयका सबै कार्यसम्पादन मूल्याङ्कन फारम जलेर नष्ट, पुनः भराउन निर्देशन

काठमाडौं, अशोज २१ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासन शाखाले मन्त्रालयमा रहेका निजामती सेवा र स्वास्थ्य सेवाका कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन (का.स.मू.) फारमहरू जलेर पूर्णरूपमा नष्ट भएको जनाएको छ।

मन्त्रालयका अनुसार अघिल्ला आर्थिक वर्षहरूमा मूल्याङ्कन भइसकेका साथै चालु आर्थिक वर्ष २०८१/८२ का मूल्याङ्कनमा रहेका सबै फारमहरू आगलागीका कारण जलेर नष्ट भएका हुन्।

यस सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र (च. नं. ९२, मिति २०८२/०६/१२) बमोजिम, कर्मचारीहरूले पुनः कार्यसम्पादन मूल्याङ्कन फारम भरी पुनः दर्ता गर्न निर्देशन दिइएको छ।

मन्त्रालयले सबै सम्बन्धित निजामती सेवा र स्वास्थ्य सेवा तर्फका कर्मचारीलाई मिति २०८२ असोज २२ देखि २८ गतेभित्र आ.व. २०८१/८२ का मूल्याङ्कन फारम भरी दर्ता गराउन आग्रह गरेको छ। फारमहरू सुपरिवेक्षक र पुनरावलोकनकर्ताबाट मूल्याङ्कन गराई निजामती सेवा नियमावली २०५० को अनुसूची १५ तथा स्वास्थ्य सेवा नियमावलीको अनुसूची १७ (क) अनुसार पेश गर्न भनिएको छ।

कार्यालय प्रमुख र अधिकृत एघारौँ तहका कर्मचारीहरूको मूल्याङ्कन भने मन्त्रालयमा नै उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका शाखा अधिकृत शोभा कुमारी चौलागाईंले सचिवस्तरको मिति २०८२/०६/२१ को निर्णयअनुसार उक्त निर्देशन जारी गरिएको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

स्वास्थ्य मन्त्रालयका सबै कार्यसम्पादन मूल्याङ्कन फारम जलेर नष्ट, पुनः भराउन निर्देशन

समग्र ज्ञानको पाँच दशक : शारदा माध्यमिक विद्यालयको ५० औँ स्वर्ण महोत्सव उद्घाटन, मुख्यमन्त्री बानियाले भने– ‘अब ठगी खाने होइन, गरी खाने शिक्षा चाहिन्छ

स्वास्थ्य मन्त्रालयका सबै कार्यसम्पादन मूल्याङ्कन फारम जलेर नष्ट, पुनः भराउन निर्देशन

पच्चिस लाख बराबरको बिलबिजक नभएको सामान सहित ट्रक भैसेमा नियन्त्रण

स्वास्थ्य मन्त्रालयका सबै कार्यसम्पादन मूल्याङ्कन फारम जलेर नष्ट, पुनः भराउन निर्देशन

भिमफेदी–बुङदल सडकमा दुःखद दुर्घटना: पुलबाट ५० फिट तल खसेर दुई जना गुरुङको मृत्यु

स्वास्थ्य मन्त्रालयका सबै कार्यसम्पादन मूल्याङ्कन फारम जलेर नष्ट, पुनः भराउन निर्देशन

लालझाडी–चौकीटोल जोड्ने पुल निर्माण ढिलाइ: जोखिमयुक्त आवतजावतबाट स्थानीय त्रासित, ८ करोड ४७ लाखको परियोजना पुनः म्याद थपिएर निर्माण जारी

स्वास्थ्य मन्त्रालयका सबै कार्यसम्पादन मूल्याङ्कन फारम जलेर नष्ट, पुनः भराउन निर्देशन

बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

स्वास्थ्य मन्त्रालयका सबै कार्यसम्पादन मूल्याङ्कन फारम जलेर नष्ट, पुनः भराउन निर्देशन

हेटौंडामा फोहोर व्यवस्थापनको नाममा राजस्व चुहावट: निजी नाफा बढाउँदै नगरको आम्दानी घटेको आरोप

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.