Day: २०८२ आश्विन २१, मंगलवार २२:२२

स्वास्थ्य मन्त्रालयका सबै कार्यसम्पादन मूल्याङ्कन फारम जलेर नष्ट, पुनः भराउन निर्देशन

स्वास्थ्य मन्त्रालयका सबै कार्यसम्पादन मूल्याङ्कन फारम जलेर नष्ट, पुनः भराउन निर्देशन

काठमाडौं, अशोज २१ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासन शाखाले मन्त्रालयमा रहेका निजामती सेवा र स्वास्थ्य सेवाका कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन (का.स.मू.) फारमहरू जलेर पूर्णरूपमा नष्ट भएको जनाएको छ। मन्त्रालयका अनुसार अघिल्ला आर्थिक वर्षहरूमा मूल्याङ्कन भइसकेका साथै चालु आर्थिक वर्ष २०८१/८२ का मूल्याङ्कनमा रहेका सबै फारमहरू आगलागीका कारण जलेर नष्ट भएका हुन्। यस सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र (च. नं. ९२, मिति २०८२/०६/१२) बमोजिम, कर्मचारीहरूले पुनः कार्यसम्पादन मूल्याङ्कन फारम भरी पुनः दर्ता गर्न निर्देशन दिइएको छ। मन्त्रालयले सबै सम्बन्धित निजामती सेवा र स्वास्थ्य सेवा तर्फका कर्मचारीलाई मिति…
Read More
७१ स्थानीय तहका लेखा अधिकृतहरू अकुत सम्पत्तिसहित उजागर, एक दशकमै ५० करोडसम्म कमाउनेहरूको सूची सार्वजनिक

७१ स्थानीय तहका लेखा अधिकृतहरू अकुत सम्पत्तिसहित उजागर, एक दशकमै ५० करोडसम्म कमाउनेहरूको सूची सार्वजनिक

काठमाडौँ, अशोज २१ गते । देशभरका ७१ स्थानीय तहमा कार्यरत लेखा अधिकृतहरू अकुत सम्पत्ति आर्जनको अनुसन्धानको दायरामा परेका छन्। प्रारम्भिक अध्ययन अनुसार ती अधिकृतहरूले सरकारी सेवामा प्रवेश गरेको करिब एक दशकमै प्रतिव्यक्ति औसत ५० करोड रुपैयाँसम्मको सम्पत्ति जोडेका छन्। वित्तीय अनियमितता नियन्त्रणमा संलग्न स्रोतका अनुसार यस्ता लेखा अधिकृतहरूले “बिल दोहोरो देखाउने”, “खर्च फर्जी बनाउने” र “सेटिङ प्रणाली” मार्फत ठेक्का र सार्वजनिक खर्चमा मनपरी गर्दै आएका छन्। विज्ञहरूका भनाइमा देशमा देखिने ठूला भ्रष्टाचारमा राजनीतिक नेतृत्व मात्र होइन, प्रशासनिक तहका कर्मचारीहरूको सञ्जाल पनि समान रूपमा संलग्न छ। उनीहरूका अनुसार, भ्रष्टाचार नियन्त्रणको पहल नेताबाट मात्र होइन, कर्मचारी तहमै कठोर कदम चालेर सुरु गर्नुपर्ने…
Read More
सिंहदरबारमा आगलागी हुँदा महानगर निष्क्रिय थिएन: आन्दोलनकै बीच ५५ पटक दमकल परिचालन भएको मेयर बालेन शाहको स्पष्टीकरण

सिंहदरबारमा आगलागी हुँदा महानगर निष्क्रिय थिएन: आन्दोलनकै बीच ५५ पटक दमकल परिचालन भएको मेयर बालेन शाहको स्पष्टीकरण

काठमाडौँ, अशोज २१ गते । पछिल्ला दिनमा सिंहदरबारमा लागेको आगोका क्रममा काठमाडौँ महानगरको दमकल किन नपुगेको भन्ने प्रश्न र आरोप सार्वजनिक भइरहेका छन्। “सिंहदरबार जलाउँदा बालेन शाह कहाँ थिए?” “दमकल तीन दिनसम्म किन हेरेर बस्यो?” भन्ने आलोचनाका बीच काठमाडौँ महानगर प्रमुख बालेन शाहले विस्तृत विवरणसहित स्पष्टीकरण दिएका छन्। मेयर शाहका अनुसार भदौ २४ गतेको घटनाका समयमा देश पूर्ण रूपमा अराजक अवस्थाबाट गुज्रिरहेको थियो। उनले भने, “त्यो दिन देशमा सरकार थिएन, सुरक्षा संयन्त्र निष्क्रिय थियो। यस्तो अवस्थामा पनि काठमाडौँ महानगर आफ्नो जिम्मेवारीबाट पछाडि हटेको थिएन।” शाहले आगो निभाउने क्रममा आन्दोलनकारीले बारम्बार अवरोध गरेकाले सिंहदरबारमा पुग्न ढिलो भएको स्पष्ट पारेका छन्। उनका…
Read More
रत्ननगर नगरपालिकाको निर्णय : नयाँ स्रेस्ता कायम गर्दा अब शुल्क नलाग्ने

रत्ननगर नगरपालिकाको निर्णय : नयाँ स्रेस्ता कायम गर्दा अब शुल्क नलाग्ने

चितवन, अशोज २१ गते । रत्ननगर नगरपालिकाले अबदेखि जग्गाधनी प्रमाणपत्रको नयाँ स्रेस्ता कायम गर्दा कुनै शुल्क नलिने निर्णय गरेको छ। नगरपालिकाले आज सबै वडाहरुलाई लिखित सूचना पठाउँदै स्रेस्ता कायम गर्दा वडाबासीसँग शुल्क असुल नगर्न निर्देशन दिएको मेयर प्रलाद सापकोटाले जानकारी दिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मालपोत कार्यालय भरतपुरमा आगजनी हुँदा कार्यालयका सबै कागजात जलेर नष्ट भएका थिए। त्यसपछि मालपोत कार्यालयले सार्वजनिक सूचना जारी गरी सम्पूर्ण जग्गाधनीलाई नयाँ स्रेस्ता कायम गर्न आग्रह गरेको थियो। उक्त अवस्थालाई ध्यानमा राख्दै नगरपालिकाले वडास्तरमा निःशुल्क सेवा दिने निर्णय गरेको हो। मेयर सापकोटाका अनुसार, जनताको सहजता र प्रशासनिक कार्यको गतिलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.