रत्ननगर नगरपालिकाको निर्णय : नयाँ स्रेस्ता कायम गर्दा अब शुल्क नलाग्ने

चितवन, अशोज २१ गते । रत्ननगर नगरपालिकाले अबदेखि जग्गाधनी प्रमाणपत्रको नयाँ स्रेस्ता कायम गर्दा कुनै शुल्क नलिने निर्णय गरेको छ। नगरपालिकाले आज सबै वडाहरुलाई लिखित सूचना पठाउँदै स्रेस्ता कायम गर्दा वडाबासीसँग शुल्क असुल नगर्न निर्देशन दिएको मेयर प्रलाद सापकोटाले जानकारी दिएका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मालपोत कार्यालय भरतपुरमा आगजनी हुँदा कार्यालयका सबै कागजात जलेर नष्ट भएका थिए। त्यसपछि मालपोत कार्यालयले सार्वजनिक सूचना जारी गरी सम्पूर्ण जग्गाधनीलाई नयाँ स्रेस्ता कायम गर्न आग्रह गरेको थियो।

उक्त अवस्थालाई ध्यानमा राख्दै नगरपालिकाले वडास्तरमा निःशुल्क सेवा दिने निर्णय गरेको हो। मेयर सापकोटाका अनुसार, जनताको सहजता र प्रशासनिक कार्यको गतिलाई सुनिश्चित गर्न यो कदम चालिएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.