आईजीपी खापुङले ओली र लेखकलाई पक्राउ दबाबबारे आएको समाचार असत्य भएको नेपाल प्रहरीको स्पष्टीकरण

काठमाडौं, अशोज २४ गते । नेपाल प्रहरीले पछिल्ला दिनमा विभिन्न पत्रपत्रिकामा प्रकाशित तथा सञ्चारमाध्यमहरूमा प्रसारित ‘प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सिर्जना गरिएको’ भन्ने आशयका समाचारहरूलाई भ्रामक र असत्य रहेको बताएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयबाट शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ कि महानिरीक्षक खापुङले कहीँकतै त्यस्तो आशय प्रकट नगरेको स्पष्ट गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएको सुरक्षा बैठक तथा प्रतिवेदनहरूमा समसामयिक घटनाक्रम र त्यसबाट उत्पन्न सुरक्षा चुनौतीबारे मात्र विश्लेषण गरी शान्ति–सुव्यवस्था कायम गर्ने विषयमा सोहार्दपूर्ण छलफल भएको हो।”

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायक महानिरीक्षक विनोद घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रहरी संगठनका नाममा भ्रम फैलाउने कुनै पनि गतिविधिमा विश्वास नगर्न सर्वसाधारण र सञ्चारकर्मीहरूलाई आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

आईजीपी खापुङले ओली र लेखकलाई पक्राउ दबाबबारे आएको समाचार असत्य भएको नेपाल प्रहरीको स्पष्टीकरण

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

आईजीपी खापुङले ओली र लेखकलाई पक्राउ दबाबबारे आएको समाचार असत्य भएको नेपाल प्रहरीको स्पष्टीकरण

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

आईजीपी खापुङले ओली र लेखकलाई पक्राउ दबाबबारे आएको समाचार असत्य भएको नेपाल प्रहरीको स्पष्टीकरण

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

आईजीपी खापुङले ओली र लेखकलाई पक्राउ दबाबबारे आएको समाचार असत्य भएको नेपाल प्रहरीको स्पष्टीकरण

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

आईजीपी खापुङले ओली र लेखकलाई पक्राउ दबाबबारे आएको समाचार असत्य भएको नेपाल प्रहरीको स्पष्टीकरण

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

आईजीपी खापुङले ओली र लेखकलाई पक्राउ दबाबबारे आएको समाचार असत्य भएको नेपाल प्रहरीको स्पष्टीकरण

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.