भर्खरै भेटिएको रोलेक्स घडीबारे डा. महावीर पुनको रमाइलाे प्रतिक्रिया : ‘झोलामा राखेर बचिएछ’

काठमाडौँ, कार्तिक २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा रमाइलो स्टाटस सार्वजनिक गर्दै आफूलाई ताप्लेजुङ भ्रमणका क्रममा प्राप्त भएको रोलेक्स घडीबारे हास्यात्मक प्रतिक्रिया दिएका छन्।

उनका अनुसार अस्ती ताप्लेजुङ जिल्लामा किताब बिक्रीका क्रममा सुकेटारका एक वृद्ध दम्पतिले फुङलिङ बजारमा आफूलाई जबरजस्ती रोलेक्स घडी दिएका थिए। “मैले लिन नमान्दा पनि उहाँहरूले दिनुभयो, मैले लगाएको भए बरबादै हुने रहेछ, धन्न झोलामा राखेर बचिएछ,” उनले लेखेका छन्।

डा. पुनले तीन वर्षअघि युकेमा बस्ने एक साथीले पनि आफूलाई रोलेक्स घडी दिएको तर त्यो घडी फेसबुकमै राखेर बेचिदिएको प्रसंग पनि स्मरण गरेका छन्।

स्टाटसको अन्त्यमा उनले हाँस्य–व्यङ्ग्य मिसाउँदै लेखेका छन्, “तर यो अहिलेको घडी तुरुन्तै बेच्दिन, गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई।”

डा. पुनको उक्त पोस्ट सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ, जहाँ धेरैले उनको विनम्रता, इमानदारी र सरल स्वभावको प्रशंसा गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भर्खरै भेटिएको रोलेक्स घडीबारे डा. महावीर पुनको रमाइलाे प्रतिक्रिया : ‘झोलामा राखेर बचिएछ’

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

भर्खरै भेटिएको रोलेक्स घडीबारे डा. महावीर पुनको रमाइलाे प्रतिक्रिया : ‘झोलामा राखेर बचिएछ’

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

भर्खरै भेटिएको रोलेक्स घडीबारे डा. महावीर पुनको रमाइलाे प्रतिक्रिया : ‘झोलामा राखेर बचिएछ’

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

भर्खरै भेटिएको रोलेक्स घडीबारे डा. महावीर पुनको रमाइलाे प्रतिक्रिया : ‘झोलामा राखेर बचिएछ’

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

भर्खरै भेटिएको रोलेक्स घडीबारे डा. महावीर पुनको रमाइलाे प्रतिक्रिया : ‘झोलामा राखेर बचिएछ’

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

भर्खरै भेटिएको रोलेक्स घडीबारे डा. महावीर पुनको रमाइलाे प्रतिक्रिया : ‘झोलामा राखेर बचिएछ’

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.