प्रहरी महानिरीक्षक खापुङ्गद्वारा कावासोतीस्थित नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन

नवलपुर, कावासोती, कार्तिक २ गते । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले आइतबार एक विशेष समारोह बीच कावासोती स्थित नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा आईजीपी खापुङ्गले पेट्रोल पम्प र भवनको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण पनि गरेका छन् ।

सो अवसरमा उनले नेपाल प्रहरीले समाजमा शान्ति–सुरक्षा कायम राख्न हरेक समुदाय र क्षेत्रसँग सहकार्य गर्दै आएको बताएका छन् । उनका अनुसार नवनिर्मित प्रहरी पेट्रोल पम्पले प्रहरी कर्मचारी र स्थानीय नागरिकलाई गुणस्तरीय इन्धन उपलब्ध गराउने मात्र नभई प्रहरी र नागरिक बीचको समन्वय, सहकार्य र विश्वास सुदृढ गर्न मद्दत गर्नेछ।

आईजीपी खापुङ्गले नेपाल प्रहरी शान्ति, सुरक्षा र कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहने राज्यको भरोसा योग्य संस्था भएको बताउँदै जनअपेक्षा अनुरूप नागरिक मैत्री सेवा प्रवाह गर्न प्रहरी सदस्यहरूलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख विष्णु प्रसाद भुसाल र नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी भविश्चर पाण्डेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

त्यसैगरी, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । भने प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाले स्वागत मन्तव्य दिएको थियो।

कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक चिरञ्जिवी महतोले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल प्रहरी कल्याण कोषको कुल लागत १० करोड ९८ लाख ८ हजार ९ सय ६६ रुपैयाँमा पेट्रोल पम्प र पूर्वाधार निर्माण कार्य सम्पन्न गरिएको हो।

उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालयका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी, बुद्धिजीवी र प्रहरी कर्मचारीहरूको समेत उपस्थिती रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रहरी महानिरीक्षक खापुङ्गद्वारा कावासोतीस्थित नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

प्रहरी महानिरीक्षक खापुङ्गद्वारा कावासोतीस्थित नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

प्रहरी महानिरीक्षक खापुङ्गद्वारा कावासोतीस्थित नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

प्रहरी महानिरीक्षक खापुङ्गद्वारा कावासोतीस्थित नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

प्रहरी महानिरीक्षक खापुङ्गद्वारा कावासोतीस्थित नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

प्रहरी महानिरीक्षक खापुङ्गद्वारा कावासोतीस्थित नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.