हेटौडामा भ्रामक सूचना नियन्त्रण र सत्य समाचार लेखनमा केन्द्रित अन्तरक्रिया

हेटौडा, कार्तिक १४ गते । पछिल्लो समय सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेको भ्रामक सूचनाको प्रभाव र त्यसविरुद्ध जिम्मेवारीपूर्वक सत्य र तथ्यमा आधारित समाचार लेखन कसरी गर्ने भन्ने विषयमा हेटौडामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जनपत्र मिडिया प्रालीको आयोजनामा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा आयोजित उक्त कार्यक्रममा पत्रकारितामा बढ्दो चुनौती, तथ्यपुष्टि र विश्वसनीयताको विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर प्रमुख अतिथि रहेका थिए भने महासंघका अध्यक्ष बालकृष्ण अधिकारीले ‘सामाजिक सञ्जाल र पत्रकारिताको विश्वसनीयता’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्र प्रस्तुत गर्दै अधिकारीले पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रभावले परम्परागत मिडियाको विश्वसनीयता घट्दै गएको उल्लेख गरे।

उनले अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गर्दा सही सूचना र तथ्य परीक्षणको जिम्मेवारी पत्रकारकै हुने बताउँदै पत्रकारहरूले नैतिकता र उत्तरदायित्वका साथ काम गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी, बागमती प्रदेश सभाका प्रवक्ता मनोजकुमार गुप्ताले संघीय शासन प्रणालीको मूल आधार प्रदेश भएको बताउँदै संविधानले तोकेको अधिकारको दायराभित्र रही कानुन निर्माणमा प्रदेश सभाले अझ सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार ओमप्रकाश थपलियाको नेतृत्वमा रहेको कानुन अध्ययन समितिले पहिचान गरेको ८२ वटा मूल कानुनमध्ये हालसम्म ५० वटा मात्रै निर्माण भएका छन्। पहिलो कार्यकालमा ४३ वटा कानुन बनेका थिए भने दोस्रो कार्यकालमा हालसम्म ७ नयाँ कानुनसहित २४ वटा कानुन निर्माण भइसकेका छन्।

गुप्ताले कानुन निर्माणका दृष्टिले बागमती प्रदेश अन्य प्रदेशभन्दा अगाडि रहेको बताए भने प्रदेश सरकार र प्रदेश सभाबीच समन्वयमा अझ सुधार आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा अग्रज पत्रकार प्रताप बेष्ट, रामकुमार एलन, स्वतन्त्र पत्रकार संघका महासचिव सुरेश श्रेष्ठलगायतले पनि आफ्ना विचार राखेका थिए। कार्यक्रममा विभिन्न मिडियाका पत्रकारहरूको समेत उल्लेखनीय सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौडामा भ्रामक सूचना नियन्त्रण र सत्य समाचार लेखनमा केन्द्रित अन्तरक्रिया

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

हेटौडामा भ्रामक सूचना नियन्त्रण र सत्य समाचार लेखनमा केन्द्रित अन्तरक्रिया

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

हेटौडामा भ्रामक सूचना नियन्त्रण र सत्य समाचार लेखनमा केन्द्रित अन्तरक्रिया

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

हेटौडामा भ्रामक सूचना नियन्त्रण र सत्य समाचार लेखनमा केन्द्रित अन्तरक्रिया

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

हेटौडामा भ्रामक सूचना नियन्त्रण र सत्य समाचार लेखनमा केन्द्रित अन्तरक्रिया

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

हेटौडामा भ्रामक सूचना नियन्त्रण र सत्य समाचार लेखनमा केन्द्रित अन्तरक्रिया

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.