२०८२ कार्तिक १४, शुक्रबार २१:११
२०८२ कार्तिक १४, शुक्रबार २१:११
हेटौडा, कार्तिक १४ गते । पछिल्लो समय सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेको भ्रामक सूचनाको प्रभाव र त्यसविरुद्ध जिम्मेवारीपूर्वक सत्य र तथ्यमा आधारित समाचार लेखन कसरी गर्ने भन्ने विषयमा हेटौडामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जनपत्र मिडिया प्रालीको आयोजनामा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा आयोजित उक्त कार्यक्रममा पत्रकारितामा बढ्दो चुनौती, तथ्यपुष्टि र विश्वसनीयताको विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर प्रमुख अतिथि रहेका थिए भने महासंघका अध्यक्ष बालकृष्ण अधिकारीले ‘सामाजिक सञ्जाल र पत्रकारिताको विश्वसनीयता’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्र प्रस्तुत गर्दै अधिकारीले पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रभावले परम्परागत मिडियाको विश्वसनीयता…