मुस्ताङको बतासेडाँडामा हिमपातमा फसेका १५ जना पर्यटकलाई नेपाली सेनाद्वारा सफल उद्धार

Photo by Nepali Army

मुस्ताङ, कार्तिक १४ गते । मुस्ताङ जिल्लाको हिडन भ्याली क्षेत्रमा हिउँपातका कारण फसेका १५ जना पर्यटकलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ।

सेनाको उद्धार टोलीले करिब ४,९०० मिटर उचाइमा अवस्थित बतासेडाँडा क्षेत्रमा फसेका ती पर्यटकहरूलाई सुरक्षितरूपमा जोमसोम पुर्‍याएको हो।

Photo by Nepali Army

उद्धार गरिएकामध्ये ३ जना विदेशी नागरिक पनि रहेका छन्। ती सबै जनालाई हिमपातले आवतजावत रोकिएपछि कठिन अवस्थाबाट निकालिएको सेनाले जनाएको छ। उद्धार कार्य उच्च उचाइ, चिसो र हावाहुरीका बीचमा सम्पन्न गरिएको थियो।

नेपाली सेनाले आवश्यक उद्धार सामग्रीसहित तत्काल घटनास्थल पुगेको र सबै पर्यटकलाई सुरक्षित रूपमा जोमसोम पुर्‍याएपछि स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मुस्ताङको बतासेडाँडामा हिमपातमा फसेका १५ जना पर्यटकलाई नेपाली सेनाद्वारा सफल उद्धार

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

मुस्ताङको बतासेडाँडामा हिमपातमा फसेका १५ जना पर्यटकलाई नेपाली सेनाद्वारा सफल उद्धार

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

मुस्ताङको बतासेडाँडामा हिमपातमा फसेका १५ जना पर्यटकलाई नेपाली सेनाद्वारा सफल उद्धार

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

मुस्ताङको बतासेडाँडामा हिमपातमा फसेका १५ जना पर्यटकलाई नेपाली सेनाद्वारा सफल उद्धार

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

मुस्ताङको बतासेडाँडामा हिमपातमा फसेका १५ जना पर्यटकलाई नेपाली सेनाद्वारा सफल उद्धार

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

मुस्ताङको बतासेडाँडामा हिमपातमा फसेका १५ जना पर्यटकलाई नेपाली सेनाद्वारा सफल उद्धार

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.