नागरिक समाजमाथि नियोजित हल्ला लोकतन्त्रमाथिको आक्रमण : गैरसरकारी संस्था महासंघ

हेटौडा, कात्तिक १७ गते । गैरसरकारी संस्था महासंघ नेपालले हालको राजनीतिक परिवेशमा नागरिक समाज र गैरसरकारी संस्थाहरूमाथि नियोजित रूपमा भ्रम, आरोप र हल्ला फैलाउने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। महासंघले यस्तो प्रवृत्तिले लोकतन्त्र, संविधान र मानव अधिकारका मूल मूल्यमा प्रहार गरेको ठहर गर्दै नागरिक समाजको ऐतिहासिक योगदानको अवमूल्यन अस्वीकार्य रहेको जनाएको छ।

महासंघका अध्यक्ष अर्जुन भट्टराई र महासचिव देवी खड्काद्वारा जारी संयुक्त अपिलमा भनिएको छ, “गैरसरकारी संस्थाहरू राज्यका विपक्षी होइनन्, बरु राज्यका नीतिहरू कार्यान्वयन गर्न सहयोगी साझेदार हुन्।” अपिलमा सत्यतथ्यमा आधारित रही धारणा बनाउन सबै पक्षलाई आग्रह गरिएको छ।

महासंघले नागरिक समाजमाथिको अविश्वास र निराधार आरोपहरू लोकतान्त्रिक मूल्य र सिद्धान्तमाथि प्रहार भएको उल्लेख गर्दै, राज्य, राजनीतिक दल र नागरिक समाज सबैले आत्मसमिक्षा गर्दै उत्तरदायित्वपूर्ण साझेदारीमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ।

हालैको जेन जि आन्दोलनपछि केही राजनीतिक वृत्त, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका टिप्पणीहरूले नागरिक समाजको भूमिकामाथि प्रश्न उठाएको प्रसंगमा महासंघले चिन्ता व्यक्त गरेको हो। महासंघका अनुसार यस्तो प्रवृत्तिले संविधानले प्रत्याभूत गरेका राजनीतिक तथा नागरिक अधिकार कमजोर पार्ने खतरा निम्त्याउँछ र संस्थागत अविश्वास बढाउँछ।

विज्ञप्तिमा गैरसरकारी संस्थाहरू संविधान, कानुन र नीति विधिअनुसार दर्ता भई सेवा सुविधा नपुगेका नागरिक र पछाडि पारिएका समुदायका अधिकार सुनिश्चित गर्न काम गर्दै आएको उल्लेख गरिएको छ। साथै, यी संस्थाहरू लोकतन्त्र, मानव अधिकार, सुशासन र बहुलवादका पक्षमा प्रतिबद्ध रहेको स्पष्ट गरिएको छ।

महासंघले नागरिक समाज प्रत्यक्ष सत्ता राजनीतिमा संलग्न नभएको र कुनै पनि दलको प्रमुख राजनीतिक पदमा नबस्ने नीति अवलम्बन गरेको जनाएको छ। सुशासन, पारदर्शिता र जवाफदेहिता प्रवर्द्धनमा नागरिक समाजको भूमिका सधैं जिम्मेवार रहेको महासंघको दाबी छ।

जेन जि आन्दोलनका युवाहरूले उठाएका मागहरू न्यायोचित रहेको भन्दै महासंघले मुलुकलाई भ्रष्टाचारमुक्त र उत्तरदायी बनाउन विद्युतीय शासन प्रणाली तथा चुस्त अनुगमन संयन्त्र तत्काल लागू गर्न सरकारलाई आग्रह गरेको छ।

आन्दोलनका क्रममा भएका हिंसात्मक घटना र सम्पत्ति क्षतिप्रति दुःख व्यक्त गर्दै महासंघले ती घटनाको निष्पक्ष छानबिनका लागि कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगलाई पहल गर्न अपिल गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नागरिक समाजमाथि नियोजित हल्ला लोकतन्त्रमाथिको आक्रमण : गैरसरकारी संस्था महासंघ

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

नागरिक समाजमाथि नियोजित हल्ला लोकतन्त्रमाथिको आक्रमण : गैरसरकारी संस्था महासंघ

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

नागरिक समाजमाथि नियोजित हल्ला लोकतन्त्रमाथिको आक्रमण : गैरसरकारी संस्था महासंघ

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

नागरिक समाजमाथि नियोजित हल्ला लोकतन्त्रमाथिको आक्रमण : गैरसरकारी संस्था महासंघ

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

नागरिक समाजमाथि नियोजित हल्ला लोकतन्त्रमाथिको आक्रमण : गैरसरकारी संस्था महासंघ

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

नागरिक समाजमाथि नियोजित हल्ला लोकतन्त्रमाथिको आक्रमण : गैरसरकारी संस्था महासंघ

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.