पूर्वमन्त्री आफताव आलमको निधनमा रौतहटका चार नगरपालिकामा शोक बिदा

रौतहट, कात्तिक २३ गते । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमको निधनप्रति सम्मानस्वरूप रौतहट जिल्लाका चार नगरपालिकामा आइतबार एकदिने शोक बिदा दिइएको छ।

शनिबार बिहान २ः५८ बजे काठमाडौँको केएमसी अस्पताल, सिनामङ्गलमा उपचारका क्रममा पूर्वमन्त्री आलमको निधन भएपछि राजपुर, परोहा, इशनाथ र बौधीमाइ नगरपालिकाले आफ्ना मातहतका कार्यालय तथा शिक्षण संस्थाहरू आइतबार बन्द राख्ने निर्णय गरेका हुन्।

राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरद्वारा जारी सूचनाअनुसार नगर प्रमुख मोहम्मद डा. राजिक आलमका पिता एवम् पूर्वमन्त्री आलमको निधनमा नगरपालिकाभर शोक बिदा दिइएको छ।

त्यस्तै, परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले जारी सूचना मार्फत् रौतहट क्षेत्र नं. २ का पूर्व सांसद एवम् पूर्वमन्त्री आलमको निधनमा गहिरो शोक व्यक्त गर्दै आइतबार आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द रहने जानकारी गराएका छन्।

इशनाथ नगरपालिकाले पनि प्रमुख प्रशासकीय अधिकृत सातौँ इसराजुल खाँको हस्ताक्षरमा जारी विज्ञप्तिमार्फत् नगरपालिकाका कार्यालय तथा मातहतका निकायहरूमा एकदिने बिदा घोषणा गरेको छ।

त्यसैगरी, बौधीमाइ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय शङ्कर चौधरीले पनि पूर्वमन्त्री आलमप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नगरपालिकाका सबै कार्यालयहरूमा आइतबार शोक बिदा रहने जनाएका छन्।

यसैबीच, नेपाल निजामती कर्मचारी युनियन (संघ)ले पनि एक विज्ञप्ति जारी गरी नेता आलमको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना र दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पूर्वमन्त्री आफताव आलमको निधनमा रौतहटका चार नगरपालिकामा शोक बिदा

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

पूर्वमन्त्री आफताव आलमको निधनमा रौतहटका चार नगरपालिकामा शोक बिदा

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

पूर्वमन्त्री आफताव आलमको निधनमा रौतहटका चार नगरपालिकामा शोक बिदा

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

पूर्वमन्त्री आफताव आलमको निधनमा रौतहटका चार नगरपालिकामा शोक बिदा

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

पूर्वमन्त्री आफताव आलमको निधनमा रौतहटका चार नगरपालिकामा शोक बिदा

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

पूर्वमन्त्री आफताव आलमको निधनमा रौतहटका चार नगरपालिकामा शोक बिदा

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.