विद्यालय र विश्वविद्यालयमा राजनीतिक चलखेल अस्वीकार्य: मन्त्री डा. महावीर पुनको चेतावनी

काठमाडौं, कात्तिक २४ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले विद्यालय, विश्वविद्यालय र सिटिइभिटी जस्ता शिक्षण संस्थामा भइरहेको राजनीतिक हस्तक्षेप र चलखेलका विरुद्ध कडा चेतावनी दिएका छन्।

आफ्नो सामाजिक सञ्जालमार्फत मन्त्री पुनले संविधानले दिएको अधिकार कसैले खोस्न नसक्ने भए पनि राजनीतिक पार्टीहरूको संरक्षणमा शैक्षिक संस्थाको सञ्चालनमा बाधा पुर्‍याउने, विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

उनका अनुसार शिक्षण संस्थामा देखिएको अस्तव्यस्तता र अनावश्यक राजनीतिक गतिविधिबाट विद्यार्थी र अभिभावक दुवै त्रसित भएका छन्। “त्यस्तो अनावश्यक राजनीति र चलखेल पनि भ्रष्टाचारकै रूप हो,” मन्त्री पुनले भनेका छन्।

उनी थप्छन्, “अब फाल्गुन २१ गते हुने चुनावको प्रचारप्रसारमा व्यस्त भएर विद्यालयमा पठनपाठन नछोड्नुहोस्। शिक्षालाई राजनीति मुक्त राखौं।”

मन्त्री पुनले सर्वोच्च अदालतले यसअघि दिएको आदेश र सम्बन्धित ऐन–कानुनका प्रावधानलाई समेत उद्धृत गर्दै विद्यालय र विश्वविद्यालयमा शैक्षिक वातावरण कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।

उनले अन्त्यमा नेपाली उखान “नविराउनु, नडराउनु” उद्धृत गर्दै सुधारका लागि दृढ रहन शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रेरित गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

विद्यालय र विश्वविद्यालयमा राजनीतिक चलखेल अस्वीकार्य: मन्त्री डा. महावीर पुनको चेतावनी

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

विद्यालय र विश्वविद्यालयमा राजनीतिक चलखेल अस्वीकार्य: मन्त्री डा. महावीर पुनको चेतावनी

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

विद्यालय र विश्वविद्यालयमा राजनीतिक चलखेल अस्वीकार्य: मन्त्री डा. महावीर पुनको चेतावनी

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

विद्यालय र विश्वविद्यालयमा राजनीतिक चलखेल अस्वीकार्य: मन्त्री डा. महावीर पुनको चेतावनी

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

विद्यालय र विश्वविद्यालयमा राजनीतिक चलखेल अस्वीकार्य: मन्त्री डा. महावीर पुनको चेतावनी

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

विद्यालय र विश्वविद्यालयमा राजनीतिक चलखेल अस्वीकार्य: मन्त्री डा. महावीर पुनको चेतावनी

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.