दुर्गा प्रसाईको गिरफ्तारी राजनीतिक हिसाबकिताबको हिस्सा : जेन जि मुभमेन्ट नेपाल

काठमाडौँ, मंसिर २ गते । जेन जि मुभमेन्ट नेपालले व्यवसायी दुर्गा प्रसाईको पक्राउलाई लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार र राजनीतिक प्रतिशोधको घटना भएको दाबी गरेको छ। संगठनले जारी गरेको बयानमा प्रसाईलाई निशाना बनाउन “विद्रोह हतियाउने शक्ति–गठबन्धन” सक्रिय रहेको आरोप लगाइएको छ।

मुभमेन्टका अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र अधिवक्ता ओमप्रकाश अर्याल नेतृत्वमा रहेको समूहले भाद्र २४ मा देखापरेको जेन जि विद्रोहलाई कमजोर पार्ने उद्देश्यका साथ परिस्थिति अस्थिरतातर्फ मोड्ने प्रयास गरेको थियो। बयानमा भनिएको छ–
“विद्रोह अपहरण गर्ने योजना सार्वजनिक गर्ने व्यक्तिलाई नियन्त्रणमा लिने राज्यको व्यवहार दमनकारी शासनशैलीको नमुना हो।”

संगठनले घटनाबाट सञ्चित ‘षड्यन्त्रका प्रमाण’ बाहिर ल्याउने क्रममै प्रसाईलाई लक्षित गर्दै गिरफ्तर गरिएको आफ्नो ठहर प्रस्तुत गरेको छ। साथै, भाद्र २४ को दिन युवाहरूलाई उद्देलित बनाइ राज्यलाई अनियन्त्रित बनाउने प्रयासमा लागेको शक्तिगठबन्धनलाई तत्काल नियन्त्रणमा लिन नेपाली सेनाले कदम चाल्नुपर्ने मागसमेत वक्तव्यमा उल्लेख गरिएको छ।

दुर्गा प्रसाईको तत्काल रिहाइको माग गर्दै जेन्जी मुभमेन्टले आगामी दिनहरूमा सडकहरूमा प्रतिरोध तीव्र बनाउन सकिने चेतावनी दिएको छ। परिवर्तनका पक्षमा उभिन चाहने सबैलाई संगठनले “सजग र संगठनबद्ध” रहन आह्वान गरेको छ। वक्तव्यमा प्रवक्ता विजय शाहको हस्ताक्षर छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

दुर्गा प्रसाईको गिरफ्तारी राजनीतिक हिसाबकिताबको हिस्सा : जेन जि मुभमेन्ट नेपाल

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

दुर्गा प्रसाईको गिरफ्तारी राजनीतिक हिसाबकिताबको हिस्सा : जेन जि मुभमेन्ट नेपाल

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

दुर्गा प्रसाईको गिरफ्तारी राजनीतिक हिसाबकिताबको हिस्सा : जेन जि मुभमेन्ट नेपाल

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

दुर्गा प्रसाईको गिरफ्तारी राजनीतिक हिसाबकिताबको हिस्सा : जेन जि मुभमेन्ट नेपाल

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

दुर्गा प्रसाईको गिरफ्तारी राजनीतिक हिसाबकिताबको हिस्सा : जेन जि मुभमेन्ट नेपाल

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

दुर्गा प्रसाईको गिरफ्तारी राजनीतिक हिसाबकिताबको हिस्सा : जेन जि मुभमेन्ट नेपाल

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.