हेटौँडामा सडक विस्तार तीव्र– बहु–संस्था समन्वयसहित विशेष टास्क फोर्सको काम सुरु

मकवानपुर, मंसिर १० गते । हेटौँडा उपत्यकामा वर्षौंदेखि अल्झिएको सडक विस्तारको मुद्दा अब व्यवहारमै उत्रने संकेत देखिएको छ। पटक–पटक सूचना निकालेर मात्र सीमित रहने सरकारी प्रयासहरूलाई अब भने परिमाणमुखी बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबार विभिन्न कार्यालयहरूको संयुक्त सहभागिता सहित “विशेष टास्क फोर्स” गठन गरेको छ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा बसेको बैठकले सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर यादव सुवेदीको संयोजकत्वमा टास्क फोर्स गठन गर्दै तत्कालै काम सुरु गर्ने निर्णय लिएको हो।

यस टोलीमा हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायत सबै सम्बन्धित निकायका प्रतिनिधिहरू समावेश छन्। टास्क फोर्सको कार्यलय सडक डिभिजन कार्यालयमै रहनेछ।

समितिलाई महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत सडक किनार अतिक्रमण भएर बनेका स्थायी–अस्थायी संरचनाको नक्सांकन, रङ लगाउने, आवश्यक सूचना जारी गर्ने र कानुनी प्रक्रियासहित संरचना हटाउने सम्मका सबै कार्यमा अधिकार प्रदान गरिएको छ। टोलीले बुधबारदेखि नै माइकिङसहित प्रारम्भिक कार्य अघि बढाइसकेको छ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सडक विस्तारका क्रममा विद्युत्, खानेपानी, टेलिफोनजस्ता महत्वपूर्ण सेवा अवरुद्ध नहोस् भनेर निरन्तर समन्वय भइरहेको छ। प्रदेश राजधानीसमेत रहेको हेटौँडालाई व्यवस्थित तथा आकर्षक सहरका रूपमा विकास गर्ने लक्ष्यअनुसार यो परियोजना अनिवार्यरूपमा पूरा हुने उनले बताए। आवश्यक बजेट एसियाली विकास बैंक (एडिबी) मार्फत सुनिश्चित भइसकेकाले अब आयोजना नरोकिने उनको भनाइ छ।

“सहर सुन्दर बनाउन सबैको सकारात्मक साथ आवश्यक छ। जो कोहीले पनि सीमा भित्र परेका संरचना आफैं हटाइदिनुभयो भने काम झनै सहज र छिटो पूरा हुन्छ,” प्रजिअ अधिकारीले आग्रह गरे। उनले पारदर्शी तथा न्यायसंगत ढंगले काम अघि बढाइने आश्वासन दिए।

यसअघि सडक डिभिजन कार्यालय हेटौँडाले १५ दिनभित्र अतिक्रमित संरचना हटाउन सूचना जारी गरेको थियो। रातमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्मको सडकखण्डमा सडकको मध्य रेखाबाट दायाँ–बायाँ २५–२५ गजभित्र पर्ने संरचना स्वेच्छिक रूपमा हटाउन आग्रह गरिएको छ।

सूचना अवधि सकिएपछि कानुनी कारबाहीका आधारमा संरचना हटाइने चेतावनीसमेत दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौँडामा सडक विस्तार तीव्र– बहु–संस्था समन्वयसहित विशेष टास्क फोर्सको काम सुरु

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौँडामा सडक विस्तार तीव्र– बहु–संस्था समन्वयसहित विशेष टास्क फोर्सको काम सुरु

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौँडामा सडक विस्तार तीव्र– बहु–संस्था समन्वयसहित विशेष टास्क फोर्सको काम सुरु

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौँडामा सडक विस्तार तीव्र– बहु–संस्था समन्वयसहित विशेष टास्क फोर्सको काम सुरु

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौँडामा सडक विस्तार तीव्र– बहु–संस्था समन्वयसहित विशेष टास्क फोर्सको काम सुरु

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौँडामा सडक विस्तार तीव्र– बहु–संस्था समन्वयसहित विशेष टास्क फोर्सको काम सुरु

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.