Day: २०८२ मंसिर १०, बुधबार २१:१८

हेटौँडामा सडक विस्तार तीव्र– बहु–संस्था समन्वयसहित विशेष टास्क फोर्सको काम सुरु

हेटौँडामा सडक विस्तार तीव्र– बहु–संस्था समन्वयसहित विशेष टास्क फोर्सको काम सुरु

मकवानपुर, मंसिर १० गते । हेटौँडा उपत्यकामा वर्षौंदेखि अल्झिएको सडक विस्तारको मुद्दा अब व्यवहारमै उत्रने संकेत देखिएको छ। पटक–पटक सूचना निकालेर मात्र सीमित रहने सरकारी प्रयासहरूलाई अब भने परिमाणमुखी बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबार विभिन्न कार्यालयहरूको संयुक्त सहभागिता सहित “विशेष टास्क फोर्स” गठन गरेको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा बसेको बैठकले सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर यादव सुवेदीको संयोजकत्वमा टास्क फोर्स गठन गर्दै तत्कालै काम सुरु गर्ने निर्णय लिएको हो। यस टोलीमा हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायत सबै सम्बन्धित निकायका प्रतिनिधिहरू समावेश छन्। टास्क फोर्सको कार्यलय सडक…
Read More
मकवानपुरे जेन–जी समूहको आधिकारिक घोषणा, सुबिन खत्री संयोजकत्वमा ४० सदस्यीय टोली गठन

मकवानपुरे जेन–जी समूहको आधिकारिक घोषणा, सुबिन खत्री संयोजकत्वमा ४० सदस्यीय टोली गठन

मकवानपुर, मंसिर १० गते । मकवानपुर जेन–जी समूहले आज औपचारिक रूपमा आफ्नो संगठन विस्तार गर्दै ४० सदस्यीय टोली घोषणा गरेको छ। भदौ २३ र २४ गतेदेखि देशभर फैलिएर आएको जेन–जी आन्दोलनमा सक्रिय रूपमा अन्याय, भ्रष्टाचार र विविध सामाजिक विकृति–विसंगति विरुद्ध लागिरहेकाहरुको समन्वय गर्ने उद्देश्यले समूहलाई संस्थागत रूप दिन खोजिएको बताइएको छ। केन्द्रीय जेन–जी अभियान्ता मिराज ढुङ्गानासँग प्रत्यक्ष संवादपछि आधिकारिकता प्राप्त गर्दै मकवानपुरे जेन–जी समूह औपचारिक रूपमा गठन भएको हो। समूहको संयोजकमा सितोरियो संघ नेपालका राष्ट्रिय खेलाडी तथा पदमपोखरी–१२ निवासी सुबिन खत्री चयन भएका छन्। त्यस्तै, सचिवमा नवीन रावत, कोषाध्यक्षमा सुजन दाहाल र अन्य ३७ जना सदस्यसमेत समावेश गर्दै संगठनलाई ४०…
Read More
राजनीतिक दलहरू असफल, अब सर्वपक्षीय सरकार र नयाँ संविधानबिना विकल्प छैन– रवि किरण

राजनीतिक दलहरू असफल, अब सर्वपक्षीय सरकार र नयाँ संविधानबिना विकल्प छैन– रवि किरण

काठमाडौं, मंसिर १० गते । देश गम्भीर राजनीतिक अनिश्चिततामा फसेको दाबी गर्दै जेन जि पुस्ताका अगुवा रवि किरण हमालले सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखनलाई अहिलेको मुख्य राजनीतिक समाधानका रूपमा अघि सारेका छन्। बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिलेको सत्ता समायोजन “कु प्रकृयाको परिणाम” भएको आरोप लगाए। किरणका अनुसार अस्थिरता, अविश्वास र शासकीय अक्षमता बढ्दै जाँदा युवापुस्ताले भाद्र २३–२४ मा उठाएको विद्रोहलाई सत्ता पक्षले बुझ्ने कि नबुझेर झनै भड्काउने भन्ने प्रश्न अहिले निर्णायक बनेको छ। “विद्रोहलाई कमजोर पार्ने, अपमानजनक तरिकाले लत्याउने कुनै पनि प्रयास युवापुस्ताले सहनेछैन,” उनले चेतावनी दिए। सुशीला कार्की र ओमप्रकाश अर्याल नेतृत्वको समूहले “राज्यविहिनताको…
Read More
बागमती प्रदेश प्रमुखसमक्ष जनजाति आयोगको प्रतिवेदन, कार्यान्वयनको अभावप्रति गम्भीर चिन्ता

बागमती प्रदेश प्रमुखसमक्ष जनजाति आयोगको प्रतिवेदन, कार्यान्वयनको अभावप्रति गम्भीर चिन्ता

हेटौडा, मंसिर १० गते । नेपाल आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन बुधबार बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष पेस गरेको छ। आयोगका सदस्य सूर्यबहादुर गुरुङले एक औपचारिक कार्यक्रममार्फत प्रतिवेदन हस्तान्तरण गर्दै प्रदेश तहमा प्रतिवेदनप्रति देखिएको दुर्लक्ष्यताप्रति गम्भीरता व्यक्त गरे। प्रतिवेदन बुझाउने क्रममा सदस्य गुरुङले विगतका वर्षहरूमा समेत प्रतिवेदन बुझाइँदै आए पनि प्रदेश स्तरमा एकपटक पनि गहन छलफल नहुनु राज्य व्यवस्थाको उदासीनताकै प्रमाण भएको टिप्पणी गरे। भाषा सम्बन्धी कानुन बनेपनि कार्यान्वयनमा भइरहेको ढिलाइ र लोपोन्मुख जातिहरूको अवस्थाबारे उनले ‘तत्काल ध्यान दिनुपर्ने’ आवश्यकता औंल्याए। उनका अनुसार आयोगले राष्ट्रपतिसमक्ष गरेका महत्वपूर्ण सिफारिसमध्ये ९० प्रतिशतभन्दा बढी अझै कार्यान्वयनको प्रतीक्षामा…
Read More
सत्ता विलासितामा डुब्दै, जनजीवन संकटमा—सरकारप्रति प्रश्न उठाउन समय आएको छ: सामाजिक अभियन्ता विशालराज महत

सत्ता विलासितामा डुब्दै, जनजीवन संकटमा—सरकारप्रति प्रश्न उठाउन समय आएको छ: सामाजिक अभियन्ता विशालराज महत

हेटौडा, मंसिर १० गते । सामाजिक अभियन्ता विशालराज महतले नेपालको वर्तमान राजनीतिक अभ्यास, राज्यको प्राथमिकता र जनजीवनका वास्तविक समस्याप्रति बेवास्ता भइरहेको भन्दै कडा प्रहार गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले मौनता र सत्ता–विलासिताको खेलले राष्ट्रलाई गलत दिशातर्फ धकेलेको आरोप लगाए। महतका अनुसार देश आज विकासभन्दा पनि रेमिटेन्स, विदेशी ऋणदाता र जनतामाथिको कर तथा जरिवानामा अडिएको छ, जुन दीर्घकालीन स्थिरताको आधार हुन सक्दैन। उनले युवाहरू ठूलो संख्यामा विदेशिन बाध्य भएको, नागरिक उपचार खर्च जुटाउन कराउँदो अवस्थाको सिर्जना भएको, बालश्रम बढेको र राज्यले उठाएको कर सुविधा विस्तारमै खर्च भएको उल्लेख गरे। बागमती प्रदेश सरकारको पछिल्लो चरित्र जनप्रतिनिधि होइन, विशेषाधिकारप्राप्त वर्गको…
Read More
एमाले महाधिवेशनका लागि हेटौँडाबाट नवीन सिग्देलको उम्मेदवारी दर्ता, कार्यकर्तालाई सक्रिय सहभागिताको आग्रह

एमाले महाधिवेशनका लागि हेटौँडाबाट नवीन सिग्देलको उम्मेदवारी दर्ता, कार्यकर्तालाई सक्रिय सहभागिताको आग्रह

हेटौडा, मंसिर १० गते । नेकपा (एमाले) को ११औँ महाधिवेशन मंसिर २७–२९ गते काठमाडौँमा हुने तयारीसँगै स्थानीय तहका नेताहरूले पनि प्रतिनिधि चयन प्रक्रियामा सक्रियता बढाएका छन्। हेटौडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले मकवानपुर क्षेत्र नं. १ बाट खुला तर्फ महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला पार्टी कार्यालय, हेटौँडामा उम्मेदवारी दर्ता गरेका सिग्देलले सामाजिक सञ्जालमार्फत पार्टी सदस्यहरूलाई प्रतिनिधि छनोटसहित सबै प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। उनले पार्टी एकता, नीति तथा नेतृत्व निर्माणमा महाधिवेशनको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सबैको सहयोग र साथको अपेक्षा व्यक्त गरेका छन्। एमालेको ११औँ महाधिवेशनमा देशभरका प्रतिनिधि सहभागी हुने छन्। सिग्देलले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.