सत्ता विलासितामा डुब्दै, जनजीवन संकटमा—सरकारप्रति प्रश्न उठाउन समय आएको छ: सामाजिक अभियन्ता विशालराज महत

हेटौडा, मंसिर १० गते । सामाजिक अभियन्ता विशालराज महतले नेपालको वर्तमान राजनीतिक अभ्यास, राज्यको प्राथमिकता र जनजीवनका वास्तविक समस्याप्रति बेवास्ता भइरहेको भन्दै कडा प्रहार गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले मौनता र सत्ता–विलासिताको खेलले राष्ट्रलाई गलत दिशातर्फ धकेलेको आरोप लगाए।

महतका अनुसार देश आज विकासभन्दा पनि रेमिटेन्स, विदेशी ऋणदाता र जनतामाथिको कर तथा जरिवानामा अडिएको छ, जुन दीर्घकालीन स्थिरताको आधार हुन सक्दैन। उनले युवाहरू ठूलो संख्यामा विदेशिन बाध्य भएको, नागरिक उपचार खर्च जुटाउन कराउँदो अवस्थाको सिर्जना भएको, बालश्रम बढेको र राज्यले उठाएको कर सुविधा विस्तारमै खर्च भएको उल्लेख गरे।

बागमती प्रदेश सरकारको पछिल्लो चरित्र जनप्रतिनिधि होइन, विशेषाधिकारप्राप्त वर्गको व्यवहार जस्तै देखिएको महतको टिप्पणी छ। श्रम, रोजगार तथा यातायात मन्त्रीका लागि करोडभन्दा माथिको सवारीसाधन किन्नु सरकारी संवेदनशीलता होइन विलासिता भएको उनको तर्क छ। “२५/३० लाखको गाडीले देशका सबै उकालो–ओरालो चिरेको प्रमाण छ, तर मन्त्रीलाई करोडको सवारी ‘आवश्यकता’ देखिन्छ,” महतले भनेका छन्।

त्यसैगरी उनले शिक्षा, स्वास्थ्य, रोजगारजस्ता महत्वपूर्ण क्षेत्रमा समस्या बढ्दै जाँदा सरकार भने मन्त्रालय विभाजन, पद बाँडफाँड र सुविधाको फेरि सूचीकरणमै व्यस्त रहेको आरोप लगाए। नागरिकको जीवन सुधार भन्दा सत्ताको संरक्षण र प्रबन्धनमा सरकार अलमलिएको उनले दाबी गरे।

महतले मौनता नै गलत अभ्यासलाई प्रश्रय दिने मुख्य कारण भएको उल्लेख गर्दै नागरिक अब जागरूक र सक्रिय बन्नुपर्नेमा जोड दिए। “प्रश्न उठाउनु असभ्यता होइन, उत्तरदायित्व सुनिश्चित गर्ने लोकतान्त्रिक अभ्यास हो,” उनले लेखेका छन्।

उनले सरकारलाई जवाफदेही बनाउँदै कर उठाउने राष्ट्रले सेवामुखी, उत्तरदायित्वमूलक शासनको बाटो अपनाउनुपर्ने आवश्यकता औंल्याए। महतका अनुसार, मौनताले समस्या गम्भीर बनाउँदै लगेका कारण अब नागरिकले प्रश्न, दबाब र निगरानीमार्फत सकारात्मक परिवर्तनको बाटो खोल्नुपर्छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सत्ता विलासितामा डुब्दै, जनजीवन संकटमा—सरकारप्रति प्रश्न उठाउन समय आएको छ: सामाजिक अभियन्ता विशालराज महत

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

सत्ता विलासितामा डुब्दै, जनजीवन संकटमा—सरकारप्रति प्रश्न उठाउन समय आएको छ: सामाजिक अभियन्ता विशालराज महत

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

सत्ता विलासितामा डुब्दै, जनजीवन संकटमा—सरकारप्रति प्रश्न उठाउन समय आएको छ: सामाजिक अभियन्ता विशालराज महत

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

सत्ता विलासितामा डुब्दै, जनजीवन संकटमा—सरकारप्रति प्रश्न उठाउन समय आएको छ: सामाजिक अभियन्ता विशालराज महत

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

सत्ता विलासितामा डुब्दै, जनजीवन संकटमा—सरकारप्रति प्रश्न उठाउन समय आएको छ: सामाजिक अभियन्ता विशालराज महत

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

सत्ता विलासितामा डुब्दै, जनजीवन संकटमा—सरकारप्रति प्रश्न उठाउन समय आएको छ: सामाजिक अभियन्ता विशालराज महत

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.