प्रधानमन्त्रीको सचिवालयमा पारिवारिक नियुक्तिको आरोपबारे भैरव समूहद्वारा छानबिनको माग

काठमाडौं, मंसिर ११ गते । प्रधानमन्त्रीको सचिवालयमा हाल देखिएको पारिवारिक नियुक्ति सम्बन्धी विवादले देशभर गम्भीर बहस र चिन्ता उत्पन्न गरेको छ। विशेषगरी प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठद्वारा आफ्नै श्रीमतीका नातेदारलाई सचिवालयमा नियुक्त गरिएको आरोप सार्वजनिक भएपछि राजनीतिक तथा प्रशासनिक नैतिकताबारे प्रश्न उठेको छ।

भैरव समूहका संयोजक दिभेश शाक्य र सामाजिक अभियन्ता विशालराज महतले संयुक्त रुपमा जारी गरेको धारणा अनुसार, सचिवालयजस्तो संवेदनशील संरचनामा हुने कुनै पनि नियुक्ति पूर्ण रूपमा पारदर्शी, निष्पक्ष र मेरिटोक्रेसीमा आधारित हुनुपर्छ। उनीहरूका अनुसार उठेका आरोपले सरकारको नैतिक विश्वसनीयता, संस्थागत मर्यादा र नागरिक भरोसामा प्रत्यक्ष असर पार्न सक्छ।

उनले तत्काल, निष्पक्ष र तथ्यगत छानबिनको माग गर्दै भने, “यदि आरोपहरू गलत ठहरिए, सरकारले स्पष्ट र तथ्य सहित सार्वजनिक खण्डन गर्नुपर्छ। तर प्रक्रियागत कमजोरी वा दुरुपयोग प्रमाणित भए भने प्रधानमन्त्रीज्यूकै नेतृत्वमा आवश्यक कारबाही र सुधारात्मक कदम तुरुन्त लागू हुनुपर्छ।”

भैरव समूहले सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै राज्यका सबै संरचनामा योग्यता र उत्तरदायी प्रशासनको सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रधानमन्त्रीको सचिवालयमा पारिवारिक नियुक्तिको आरोपबारे भैरव समूहद्वारा छानबिनको माग

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

प्रधानमन्त्रीको सचिवालयमा पारिवारिक नियुक्तिको आरोपबारे भैरव समूहद्वारा छानबिनको माग

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

प्रधानमन्त्रीको सचिवालयमा पारिवारिक नियुक्तिको आरोपबारे भैरव समूहद्वारा छानबिनको माग

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

प्रधानमन्त्रीको सचिवालयमा पारिवारिक नियुक्तिको आरोपबारे भैरव समूहद्वारा छानबिनको माग

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

प्रधानमन्त्रीको सचिवालयमा पारिवारिक नियुक्तिको आरोपबारे भैरव समूहद्वारा छानबिनको माग

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

प्रधानमन्त्रीको सचिवालयमा पारिवारिक नियुक्तिको आरोपबारे भैरव समूहद्वारा छानबिनको माग

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.